असोज १० देखि दशैंको लागि नयाँ नोट साट्न पाइने, कहाँ–कहाँबाट पाइन्छ ?

काठमाडौं । असोज १० गतेदेखि नेपाल राष्ट्र बैंककले दशैंका लागि सर्वसाधरणलाई नयाँ नोट वितरण गर्ने भएको छ । राष्ट्र बैंकले यसपाली दशैंलाई १३ अर्ब रुपैयाँ बराबरको नयाँ नोट वितरण गर्ने जनाएको छ ।

 

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई भने असोज दोश्रो सातादेखि नै नयाँ नोट वितरण गरिने जनाएको छ। सर्वसाधारणले भने बैंक तथा वित्तीय संस्थाबाट असोज १० देखि मात्रै नयाँ नोट पाउनेछन् ।

 

एक व्यक्तिले ५, १०, २०, ५० र १०० का एक एक बण्डल गरि १८ हजार ५०० रुपैयाँसम्मका नयाँ नोट साट्न पाउने राष्ट्र बैंकले जनाएको छ । ५ सय र १ हजारका नोट भने चाहे जति वितरण गरिने व्यवस्था गरिएको छ।

 

कहाँ–कहाँबाट साट्न पाइन्छ नयाँ नोट ?

 

नेपाल राष्ट्र बैंकका अनुसार काठमाडौं उपत्यकामा राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार प्लाजा, टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशालबजार र नक्साल शाखा तथा नेपाल बैंकको काठमाडौं बैंकिङ्ग अफिस न्यूरोड, बालाजु, पाटन, कीर्तिपुर र भक्तपुर शाखाबाट सर्वसाधारणले रकम साटन पाउनेछन्।

 

यसैगरि कृषि विकास बैंकको गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजार शाखा मार्फत नयाँ नोट साट्न सकिनेछ।

 

यस्तै, राष्ट्र बैंकको उपत्यका बाहिरका विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीका शाखा कार्यालयबाट पनि नयाँ नोट निरण हुनेछ भने निजी क्षेत्रका बैंकहरुलाई पनि केन्द्रीय बैंकले साढे तीन करोडदेखि ११ करोड रुपैयाँसम्म नयाँ सटहीका उपलब्ध गराउने भएको छ।

 

यसअघि राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथलीबाट नयाँ नोट वितरण हुँदै आइरहेकोमा हाल थापाथलीमा नयाँ भवन निमार्ण भैरहेकाले राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारबाट नयाँ नोट वितरण हुने राष्ट्र बैंकले जनाएको छ ।

राजश्व छली आरोपमा ३ कम्पनी सञ्चालक विरुद्ध मुद्दा दायर, ३६ करोड बिगो माग Read Previous

राजश्व छली आरोपमा ३ कम्पनी सञ्चालक विरुद्ध मुद्दा दायर, ३६ करोड बिगो माग

नेपालमै उत्पादन हुन्छ १ किलोको ३५ हजार पर्ने चिया, विदेशमा उच्च माग Read Next

नेपालमै उत्पादन हुन्छ १ किलोको ३५ हजार पर्ने चिया, विदेशमा उच्च माग