तोकियो कोरोनाको नयाँ मापदण्ड, यस्ता यात्रुले विमानस्थलमा अनिवार्य परीक्षण गर्नुपर्ने

काठमाडौं । स्वास्थ्य मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र सीमा नाकामा कोभिड-१९ परीक्षणको नयाँ मापदण्ड तोकेको छ ।

 

आइतबार मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले सूचना जारी गर्दै पूर्ण खोप प्राप्त नगरेका वा ७२ घण्टाभित्र कोरोना परीक्षण रिपोर्ट नेगेटिभ भएतापनि लक्षण देखिएका यात्रीहरूलाई परीक्षण अनिवार्य गरेको छ ।

 

त्यस्तै पूर्ण खोप प्राप्त नगरेका वा ७२ घन्टाको पीसीआर रिपोर्ट नेगेटिभ नभएका, पूर्ण खोप वा पीसीआर रिपोर्ट नेगेटिभ भए पनि कोभिड-१९ सँग मिल्दोजुल्दो लक्षण देखिएका व्यक्तिले नाकामा परीक्षण गराउनुपर्ने बताएको छ ।

 

‘५ वर्षमाथिका बालबालिकाहरू जसले पूर्ण खोप प्राप्त गरेका छैनन् वा जसको ७२ घण्टाभित्रको कोभिड–१९ परीक्षणको नेगेटिभ रिपोर्ट छैन वा दुवैमध्ये कुनै एउटा भए पनि कोभिड-१९ सँग मिल्दाजुल्दा लक्षण छन् भने परीक्षण गराउनुपर्ने,’ सूचनामा उल्लेख छ ।

 

साथै सीमानाका वा हवाई नाकामा खटिएका स्वास्थ्यकर्मीहरूले आवश्यक ठानेमा कोरोना परीक्षणलगायत अन्य संक्रामक रोगहरूको समेत परीक्षण गर्न सक्ने मन्त्रालयले जनाएको छ ।

रुस-युक्रेन द्वन्द्वले भारतीय अर्थतन्त्रमा यसरी मडारिँदै छ बादल Read Previous

रुस-युक्रेन द्वन्द्वले भारतीय अर्थतन्त्रमा यसरी मडारिँदै छ बादल

एनसेलले एकैपटक पायो दुई अवार्ड Read Next

एनसेलले एकैपटक पायो दुई अवार्ड