उपत्यकामा कडा ट्राफिक चेकिङ, यी १० गल्ती भेटे ठाउँकाठाउँ कारबाही

काठमाडौं । होलिको दिन (आज) ट्राफिक प्रहरीले काठमाडौं उपत्यमा सवारीसाधनमाथि कडा चेकिङ गरिरहेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यका विभिन्न ६८ ठाउँमा विहानैदेखि मापसेसहित चेकिङ गरिरहेको हो ।

 

उपत्यका भित्रिने सबै प्रमुख नाकाहरुका साथै सहरका मुख्यमुख्य चोकहरुका चेकिङ प्वाइन्ट राखिएको छ । काठमाडौं उपत्यकाको तीनै जिल्लामा १३०० भन्दा बढी ट्राफिक प्रहरी खटाई ट्राफिक व्यवस्थापन कडा गरिएको महाशाखाले जनाएको छ ।

 

होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न तथा दुर्घटना रहित होली पर्व बनाउनका लागी महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरि आफ्नो जनशक्ति परिचालन गरेको हो ।

 

महाशाखाले बिहानैदेखि प्रहरी नायब उपरीक्षकको नेतृत्वमा २ वटा अनुगमन टोली, १४ वटा मोबाइल टोली, सवारी साधन अभिलेख व्यवस्थापन टोली र मोटरसाइकलमा थप ट्राफिक प्रहरी परिचालन गरेको छ ।

 

उच्छृङ्खल तथा अवान्छित तरिकाले सवारी साधनको प्रयोग गर्ने, तीव्र गति र जिकज्याक गरी मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरी मोटरसाइकल हुइक्याउने, मोटरसाइकलमा हेल्मेट नलगाउने, मोटरसाइकलमा तीनजना भन्दा बढी सवार गरी चलाउनेलाई ठाउँकाठाउँ कारबाही गर्ने भएको छ ।

 

त्यसैगरी, सवारी साधनको प्रयोग गरी महिलाहरूलाई लक्षित गरी रङ लोला हान्ने र अभद्र व्यवहार गर्ने, ठूलो आवाज निकाल्ने र मोडिफाइ गरी सवारी चलाउने, सवारी चालक अनुमति पत्र नभएकाहरूले सवारी साधन चलाउने, ट्राफिक नियम विपरीत सवारी चलाउने माथि विशेष निगरानी गर्ने गरी महाशाखाले जनाएको छ ।

 

शिवम् सिमेन्ट उद्योगमा एक युवकको मृत्यु Read Previous

शिवम् सिमेन्ट उद्योगमा एक युवकको मृत्यु

न्युजिल्याण्डद्वारा पर्यटकका लागि सीमा नाका खुल्ला Read Next

न्युजिल्याण्डद्वारा पर्यटकका लागि सीमा नाका खुल्ला