होली : सांस्कृतिक धरोहर कि विकृतिको नयाँ स्वरूप ?

काठमाडौं । नेपालमा होली पर्र्व विशेष रूपमा मनाइन्छ । पहाडी तथा काठमाडौं उपत्यमा हरेक वर्षको फागुन शुक्ल पूर्णिमाका दिन मनाइन्छ भने तराई क्षेत्रमा त्यसको भोलिपल्ट मनाइन्छ ।

 

होलीलाई रङ्गको पर्व भनिन्छ । एकआपसमा रङ्ग लगाएर मनाइन्छ । होलीलाई विषेगरी हिन्दू समुदायमा मुख्य पर्वको रूपमा लिए पनि अन्य धर्म मान्ने मानिसहरूले पनि महत्वका साथ मनाउने गरेका छन् । ठाउँ अनुसार आ–आफ्नै स्वरूपमा मनाए पनि रङ्गसँगै रमाउनु यसको साझा विशेषता हो ।

 

उपत्यका र पहाही इलाकामा यसलाई पानीसँगै रङ्ग खेलेर मनाइन्छ भने पश्चिम पहाडी क्षेत्रमा होलीको विशेष गीत गाएर शुक्ल पूर्णिमाको केही दिन अघिदेखि नै मनाइने गरेको छ । यो पर्व नेपालमा मात्रै सीमित नभएर पछिल्लो समय पश्चिमाहरूले समेत मनाउन थालेका छन् । हिन्दू बाहुल्यता भएको भारतका विभिन्न स्थानहरूमा झनै महत्वका साथ मनाउँदै आएको पाइन्छ ।

 

रङ्ग खेलेर मनाइने यस होलीको छुट्टै सामाजिक तथा सांस्कृतिक महत्व रहेको छ । सरकारले पनि यस दिन सार्वजनिक विदा नै दिने गरेको छ । हिन्दू धर्मालम्बीले होेलीलाई आफ्नो परम्परासँग जोडेर यसलाई छुट्टै साँस्कृतिक पहिचानको रूपमा लिने गरेका छन् ।

 

फागुन शुक्ल अष्टमीको दिन संघीय राजधानी काठमाडौँको वसन्तपुर दरबार अगाडि विशेष रूपमा सजाएर लिङ्गो गाडेपछि सुरू भएर पूणिमाको दिन लिङ्गोलाई ढालेर जलाएपछि त्यस वर्षको होली सकिएको मानिने परम्परा छ ।

 

हिन्दू संस्कृति अनुसार त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रह्लादसँग जोडेर होलीलाई लिने गरिएको छ । ऐतिहासिक किम्बदन्ती अनुसार हिरण्यकश्यपुका छोरा प्रह्लादलाई आफ्नै बहिनी होलिकाले आगोमा भष्म पार्न खोज्दा होलिका आफैंं आगोमा भष्म भएकी थिइन । विष्णु भक्त प्रल्हादलाई केही नभएपछि सोही दिनको सम्झनामा होली पर्व मनाउन सुरू गरिएको संस्कृति तथा इतिहासकारहरू बताउँछन् ।

 

असत्यमाथि सत्यको विजय हुन्छ भन्ने मुख्य सन्देश सहित उत्सवको रूपमा मनाउने प्रचन तथा संस्कृतिलाई धार्मिक महत्वसँग जोडिएको पाउन सकिन्छ । अर्को अर्थमा यो रङ्गहरूको पर्व पनि चार्ड पनि हो । यसलाई भौगोलिक तथा प्राकृतिक दृष्टिकोणबाट हेर्ने हो भने चैत– वैशाख ढकमक्क फूलहरू फूल्ने र पालुवा पलाउने सुनौलो वसन्त ऋतुको आगमानको स्वागतको रूपमा पनि लिन सकिन्छ ।

 

बालबालिकादेखि वृद्धवृद्धासम्म रङ्गहरू दलेर एकअर्कालाई रङ्गीन बनाउँछन् । आपसी मतभेद त्यागेर सामाजिक विविधतालाई एकबद्ध बनाउनुमा महत्वपूर्ण साँस्कृतिक योगदानको रूपमा लिनसकिन्छ ।

 

खानपिनमा रमाउने प्रवृति बढ्दै

 

संस्कृति आफैंमा मानिसको जननीको आधारशीला र पहिचान हो । चाहे त्यो जुनसुकै धर्म वा दर्शनसँग सम्बन्धित होस् । यस अर्थमा सामाजिक एकता, पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर असल सम्बन्ध स्थापित गर्ने रङ्गीन अवसर हो ।

 

तर, पछिल्ला केही वर्षहरूमा विभिन्न संस्कृति तथा परम्पराहरू परिवर्तन हुँदै गएका छन् । होलीका नाममा मादक पदार्थ सेवन गर्ने, लोला, पिचकरीले पानी छ्याप्ने, अनुमति विनै रङ्ग दल्दिने जस्ता प्रवृति बढ्दै गएको छ । यसले संस्कृतिको नाममा विकृति फैलाउँदै गएको छ ।

 

अर्कोतिर ‘बियर खाएर मनाऔँ होली’ जस्ता पसल–पसलमा टाँगिएका रक्सीको विज्ञापनले युवापुस्ता माझ यस प्रकारका पेयपदार्थ पिउने विकृति पनि बढ्दो देखिन्छ । होलीका नाममा समाजमा उत्ताउला गतिविधि गर्ने, झैझगडा हुने र कतिपय अवस्थामा मानिसको ज्यानै जाने खालका घटना समेत घट्न थालेको देखिन्छ ।

 

यसले सु–संस्कृत बन्नुपर्ने सामाजिक परम्परा र संस्कृतिलाई गिज्याइरहेको त छ नै । मानौ जाँडरक्सी खाएर रमाउने विशेष अवसर पनि यही हो भन्ने गलत सन्देश निमार्ण गरीरहेको छ । अझ सांस्कृतिक पुस्तान्तरण गरिरहेहेको बाल मानसिकताले झन यस प्रकारका गतिविधिलाई कसरी बुझ्छ र त्यसको रुपान्तरणमा के फेरबदल आउछ भन्ने कुरा महत्वपूर्ण हो ।

 

परिवर्तित नयाँ पुस्तासँगै साँस्कृतिको सही रुपान्तरण र सन्देश आवश्यक रहेको समाजशास्त्रीहरू बताउँछन् । संस्कृतिको नाममा उत्ताउलो सामाजिक मर्यादालाई नै काउन्टरदिने जस्ता गतिविधिले भोलिको असल सामाजिक चरित्र निमार्ण कसरी हुन्छ भन्ने जबरर्जस्त सवाल उठ्छ ।
यहाँ सबै सामाजिक मर्यादा,संस्कृति र परम्परा असल हुन भन्न खोजिएको होइन तर राम्रो संस्कृति कसरी विकृतिपूर्ण संस्कारमा परिणत भएर त्यसले समाजमा दुर्गन्ध फैलाउछ भन्ने विषयको उजागर गर्न खोजिएको मात्र हो ।

 

यसको उदाहरणको रूपमा क्रिसमस र जन्मदिन मनाउने होडलाई पनि लिन सकिन्छ । पछिल्ला केही वर्षहरूमा जन्मदिन मनाउने पश्चिमी संस्कृतिले निकै स्थान पाएको छ । यो केबल एउटा सामाजिक संस्कार जस्तै बनेर बाल मस्तिस्कमा बसिसकेको छ ।

 

स्वेच्छिक वा बाध्यात्मक रूपमा क्रिसमस र जन्मदिन नमनाइ कुनै वालबालिकाको लागि तिनका अभिभावकलाई सुखै छैन । मानौँ, त्यो नै नभइनहुने महत्वपूर्ण आवश्यकता हो । यसले एकातिर आर्थिक भार थपेको छ भने अर्कोतर्फ सामाजिक जीवनमा वर्गिय विभेद पनि अझ राम्रोसँग झल्काएको छ ।

 

केबल सामाजिक संस्कृतिको रूपमा विभिन्न विकृतिहरू सिर्जना गरिरहेको छ । यहाँ कुनै संकृति वा परम्परा विषेश लक्षित गरेर सो कुरालाई उठाइएको होइन कि संस्कृति विकृतिको रूपमा कसरी अघिबढिरहेको छ भन्न खोजिएको हो ।

 

ठीक यस्तै प्रकारको विकृत संस्कार रङ्गहरूको पर्व होलीमा समेत प्रसार हुनेक्रम बढ्दो छ । अत्याधिक जाँडरक्सी पिउने, हानिकारक रसायन प्रयोग गर्ने र उत्ताउलो रूपमा प्रस्तुत हुने प्रवृत्तिले असल संस्कृतिमाथि भद्दा मजाक उडाइरहेका छन् । त्यस्ता क्रियाकलापहरूलाई रोक्दै असल सामाजिक परम्परालाई भावी पुस्ताका लागि सुव्यवस्थित समाज निमार्णमा योगदान पुर्याउनु नै सबै जिम्मेवार र सचेत नागरिकको दायित्व पनि हो ।

 

होलीलाई विकृति होइन, सुसंस्कृत र सभ्य तरकाले मनाऔं । सबैलाई शुभकामना

 

जोगबनी-कटहरी रेलमार्ग विस्तारको काम सुस्त Read Previous

जोगबनी-कटहरी रेलमार्ग विस्तारको काम सुस्त

रसुवागढीनाकाबाट आयात वृद्वि, दैनिक १४ कन्टेनर भित्रिन थाले Read Next

रसुवागढीनाकाबाट आयात वृद्वि, दैनिक १४ कन्टेनर भित्रिन थाले