२०७९ सालमा ९५ दिन सार्वजनिक विदा, शनिबार बाहेक ४३ दिन (सूचीसहित)

काठमाडौं । आगामी वर्ष २०७९ सालमा कुल ९५ दिन सार्वजनिक बिदा हुने भएको छ । गृह मन्त्रालयले २०७९ सालमा ५२ दिन शनिबार र शनिबारबाहेक थप ४३ दिन गरी ९५ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

 

गृह मन्त्रालयले बिहीबार राजपत्र वैशाख १ गतेदेखि चैत मसान्तसम्म मुलुकभरिका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि हुने बिदाको सूची प्रकाशन गरेको हो ।

 

२०७९ सालमा ५२ दिन शनिबार र ४३ दिन अन्य बिदा गरी कुल ९५ दिन सार्वजनिक बिदा हुने भएको छ । जसमा २० दिन विभिन्न पर्व बिदा, ६ दिन दशैं बिदा, ५ दिन तिहार विदा, दुई दिन महिला कर्मचारीका लागि मात्र बिदा, एक दिन शिक्षण संस्थाका लागि विदा, ४ दिन काठमाडौं उपत्यकाका लागि मात्र विभिन्न जात्रा बिदा, ३ दिन जन्मजयन्ती बिदा दिइएको छ ।

 

सरकारले १६ गते फूलपातीदेखि २१ गते द्वादशीसम्म ६ दिन दशैं बिदा, कात्तिक ७ गतेदेखि ११ गतेसम्म ५ दिन तिहार बिदा दिएको छ । त्यसैगरी, सरकारले विश्व मजदुर दिवस, गणतन्त्र दिवस, संविधान दिवस, राष्ट्रिय प्रजातन्त्र दिवस र अन्तर्राष्ट्रिय महिला दिवसमा विदा दिने भएको छ ।

 

त्यसैगरी, बुद्ध जयन्तीमा देशभर सबैलाई लागूहुने गरी विदा दिने र फाल्गुनन्द जयन्ती, गुरु नानक जयन्तीमा सम्बन्धित धर्मालम्बीहरुलाई मात्रै विदा दिइने भएको छ । त्यस्तै, गौरापर्व, महाशिवरात्री र अन्तर्राष्ट्रिय अपांगता दिवस भने शनिबार परेका छन्।

 

भक्तपुरमा आयोजना थालिएको २२ वर्षपछि बल्ल सडक कालोपत्र सुरू Read Previous

भक्तपुरमा आयोजना थालिएको २२ वर्षपछि बल्ल सडक कालोपत्र सुरू

सुदूरपश्चिमका तीन गन्तव्यमा जहाज चल्यो Read Next

सुदूरपश्चिमका तीन गन्तव्यमा जहाज चल्यो