सबै गाडीमा जोरविजोर लागू नहुने, यस्ता सवारीसाधन सधैं गुडाउन पाइने

काठमाडौं । काठमाडौँ उपत्यकामा अत्यावश्यक कामका लागि सञ्चालन हुने र तोकिएका सवारी साधनमा जोरविजोर प्रणाली लागू नहुने काठमाडौँ जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेको छ ।

 

आज राति १२ बजेदेखि जोरविजोर नम्बर प्लेटको आधारमा सवारी सञ्चालन गर्ने स्थानीय प्रशासनको निर्णयमा केही अन्यौल देखिएपछि आज पुनः विज्ञप्ति जारी गरी थप स्पष्ट पारिएकोे हो ।

 

प्राप्त सूचनाअनुसार औषधि एवं स्वास्थ्य सामग्री बोकेका सवारी साधन, एम्बुलेन्स, दमकल, शवबाहन, ग्यास र पेट्रोलियम पदार्थ बोकेका सवारी साधनमा पनि जोरबिजोर प्रणाली लागूहुने छैन ।

 

यस्तै खाद्यान्न, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, पानी, अण्डा, माछामासु, पशुपन्छी, दाना, एवं कृषि तथा पशुजन्य सामग्री बोक्ने सवारी साधान पनि निर्वाधरुपमा सञ्चालन गर्न पाइने छ ।

 

यसैगरी निर्माण सामग्री बोक्ने सवारी साधन (चालक र सहचालक मात्र) सञ्चालन गर्न पाइने छ । परिचयपत्रको आधारमा बैंक, बीमा, वित्तीय संस्था, वायुसेवा, कम्पनी, डाँक तथा कुरियर सेवा, दूरसञ्चार, सेवा प्रदायक निकायका कर्मचारीले प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न पाइने विज्ञप्तिमा उल्लेख छ ।

 

सूचना तथा प्रसारण विभागबाट जारी प्रेस पास तथा पत्रकार परिचयपत्र रहेका सञ्चारकर्मीले प्रयोग गरेका सवारी साधान, सरकारी र कूटनीतिक नियोगका सवारी साधन सञ्चालन गर्न पाइने छ ।

 

यसका अलावा जोर दिनमा जोर नम्बर प्लेट भएका र विजोर दिनमा बिजोर नम्बर प्लेट भएका सार्वजनिक तथा निजी सवारी सवारी साधान सञ्चालन गर्न पाइने जनाइएको छ । उक्त आदेश आज राति १२ बजेदेखि लागू हुँदैछ ।

भक्तपुरका यी ९२ प्लटिङको जग्गा नकिन्न सरकारको आग्रह (ठाउँसहित) Read Previous

भक्तपुरका यी ९२ प्लटिङको जग्गा नकिन्न सरकारको आग्रह (ठाउँसहित)

उपत्यकाका ३६ स्थानमा बहुतल्ले पार्किङ बन्दै, कुन-कुन ठाउँमा बन्छ ? Read Next

उपत्यकाका ३६ स्थानमा बहुतल्ले पार्किङ बन्दै, कुन-कुन ठाउँमा बन्छ ?