नेपाल चेम्बर अफ कमर्शले दुई दिने तीज व्यापार मेला आयोजना गर्ने

काठमाडौं । नेपाली महिलाहरूको महान चाड तीजको अवसरमा नेपाल चेम्बर अफ कमर्श, नेपाल महिला चेम्बरद्धारा ‘दोस्रो तीज व्यापार मेला–२०७६’ आयोजना हुने भएको छ ।

 

राजधानीको जमलस्थित नेपाल चेम्बर अफ कमर्शमा यही भदौ ६ र ७ गते आयोजना हुने मेलाको तयारी पूरा भएको चेम्बरले जनाएको छ ।

 

मेलामा यो वर्ष काठमाडौंका महिलाद्धारा प्रर्बद्धित ५० फर्म/कम्पनी, संघ–संस्थाहरूको स्टलद्धारा सहभागिता हुनेछ भने ५० हजारभन्दा बढी मानिसले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

 

यो मेलामा महिला उद्यमी व्यवसायीहरूले आफ्ना सिर्जनात्मक उत्पादन र सेवा मार्फत प्रदर्शन गर्ने उद्देश्यले गत वर्षदेखि आयोजना गरिँदै आएको हो ।

 

यो मेलाले हस्तकला सामाग्री, स्थानीय उत्पादनमा आधारित प्राङगरिक मलद्धारा तयार हुने जैवीक खाद्य वस्तु (अर्गानिक) व्यवसायीकरण गर्ने मात्र नभई महिला उद्यमीहरूलाई अग्रपंक्तिमा उभ्याएर समग्र नेपाली अर्थतन्त्रको समृद्धिमा केन्द्रित हुँदै नेपाल पर्यटन वर्ष २०२० सफल पार्ने वातावरण तयार पार्ने लक्ष्य लिएको नेपाल महिला चेम्बरका अध्यक्ष उर्मीला श्रेष्ठले जानकारी दिइन् ।

 

उनले यसपालि अर्गानिक व्यापार मेलाका रूपमा यसलाई अगाडि बढाइएको बताइन् । महिला चेम्बर अध्यक्ष श्रेष्ठले तीज मेला केबल मेलाको रुपमा मात्र नभई महिलाहरूलाई व्यावसायिक बनाउने र अवसर नपाएका महिला उद्यमीहरूलाई प्रबद्र्धन गर्ने माध्यम भएको दाबी गरिन् ।

 

नेपाली वस्तु प्रयोगको लागि अभियानको रुपमा तीज व्यापार मेला गर्ने भएकाले नेपाली वस्तुको प्रयोग र प्रबद्र्धनका लागि मेला केन्द्रीत रहेको महिला चेम्बरले जनाएको छ ।

झापा र इलाम मालपोत कार्यालयमा प्रभु बैंकका एक्स्टेन्सन काउण्टर सञ्चालन Read Previous

झापा र इलाम मालपोत कार्यालयमा प्रभु बैंकका एक्स्टेन्सन काउण्टर सञ्चालन

भेरी–बबई आयोजना : चल्तीकोभन्दा कम मूल्य तोकेको भन्दै मुआब्जा बहिष्कार गर्ने चेतावनी Read Next

भेरी–बबई आयोजना : चल्तीकोभन्दा कम मूल्य तोकेको भन्दै मुआब्जा बहिष्कार गर्ने चेतावनी