काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप १ साता लम्ब्याइएको छ । आज बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले जारी निषेधाज्ञा असार २१ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।
उपत्यकामा जारी निषेधाज्ञा यसअघि थपिएको म्याद आजराति १२ बजे सकिँदैछ । निषेधाज्ञाको समयवधि थपिएको यो छैटौं पटक हो । काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ ।
अबको निषेधाज्ञा अहिलेकोभन्दा पनि खुकुलो बनाइएको छ । २५ सीटभन्दा ठूला सार्वजनिक बसहरु जोरबिजोरका आधारमा संचालन गर्न दिइने भएको छ ।
अब खाद्यान्न, किराना पसल, डिपार्टमेन्ट स्टोर, तरकारी, फलफूल, दूध डेरी पुस्तक पसल साँझ ६ बजेसम्म खोल्न पाइने छ । यसअघि बिहान ११ बजेसम्म मात्र पाइन्थ्यो ।
सपिङ मल, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी टेलरिङ, सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्री लगायत पसलहरु बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खोल्न पाइने छ ।
के गर्न पाइन्छ ? के गर्न पाइँदैन ?