काठमाडौंमा ३७७ सहित अहिलेसम्मकै धेरै ११११ जनामा कोरोना पुष्टि, ५६९ डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १११ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ६२९ नमूना परीक्षणमा काठमाडौं उपत्यकामा ३७७ सहित देशका विभिन्न जिल्लाका १ हजार १११जनामा कोरोना पुष्टि भएको हो ।

 

पछिल्लो २४ घण्टामा थप ५६९ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको भई घर फर्कनेको संख्या २० हजार ७३ पुगेको छ ।

 

पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्य भएको छ । योसँगै योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १८३ पुगेको छ ।

 

 

उपत्यकाका तीन स्थानमा ‘फ्लाइओभर’ निर्माण गरिने, चालू आवमै काम शुरु Read Previous

उपत्यकाका तीन स्थानमा ‘फ्लाइओभर’ निर्माण गरिने, चालू आवमै काम शुरु

कोरोनासँग लड्न वेलायतले नेपाललाई ७ अर्ब दिने Read Next

कोरोनासँग लड्न वेलायतले नेपाललाई ७ अर्ब दिने