काठमाडौंमा २८ सहित थप २०४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६ हजार नाघ्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २०४ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या १६ हजार १६८ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा २८ सहित देशका विभिन्न जिल्लामा थप २०४ जनामा कोरोना पुष्टि भएको हो ।

 

देशका ७७ वटै जिल्लामा कोरोना संक्रमण फैलिए पनि ४ जिल्ला भने कोरोना फ्रि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनले तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्लाका सबै संक्रमित निको भएको बताए ।

 

पछिल्लो २४ घण्टामा थप ६८८जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको भई ७ हजार ४९९जना घर फर्केका छन् ।

 

हालसम्म कोरोनाले मृत्यु हुनेको संख्या ३५जनाको पुगेको छ ।

कोरोना महामारीकै बीच दुबईमा पर्यटकका लागि आगमन खुला, स्वास्थ्य बीमा अनिवार्य Read Previous

कोरोना महामारीकै बीच दुबईमा पर्यटकका लागि आगमन खुला, स्वास्थ्य बीमा अनिवार्य

एनआइसी एशियाको ब्याज घटाउने अवसर, असारभित्रै बक्यौता तिरे बाँकी कर्जाको ब्याज ९.९९% मात्र Read Next

एनआइसी एशियाको ब्याज घटाउने अवसर, असारभित्रै बक्यौता तिरे बाँकी कर्जाको ब्याज ९.९९% मात्र