काठमाडौंका यी ठाउँमा आज दिउँसो ५ घण्टा बत्ती जाने

काठमाडौं। काठमाडौं उपत्यकाका केही ठाउँमा मंगलबार दिउँसो पाँच घण्टासम्म बिजुलीको लाइन काटिने भएको छ।

 

जीर्ण पोल परिवर्तन गर्नका लागि केही घण्टा बत्ती काट्न लागिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

 

प्राधिकरणका अनुसार आज दिउँसो १२ बजेदेखि ५ बजेसम्म धापासी, च्यासिन्टोल, हात्तीगौडा, बालुवाडीपो, हेपाली, घुम्ती लगायतका क्षेत्रमा बत्ती जाने छ।

 

महाराजगञ्ज वितरण केन्द्रबाट वितरित बूढानीलकण्ठ नगरपालिका २ गणेश चोकको जीर्ण पोल परिवर्तन गर्नको लागि बत्ती काट्न लागिएको छ।

पहिरोले चीनबाट स्वास्थ्य सामग्री लिएर आएका गाडी तातोपानी नाकामै रोकिए, ५० बढी कन्टेनर अलपत्र Read Previous

पहिरोले चीनबाट स्वास्थ्य सामग्री लिएर आएका गाडी तातोपानी नाकामै रोकिए, ५० बढी कन्टेनर अलपत्र

व्यापार सम्झौताका लागि ट्रम्पले चीनविरुद्धको प्रतिबन्ध रोकेको खुलासा Read Next

व्यापार सम्झौताका लागि ट्रम्पले चीनविरुद्धको प्रतिबन्ध रोकेको खुलासा