काठमाडौंमा ५ सहित थप ४५१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६२११ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४५१ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या ६ हजार २११ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका उपत्यकामा ५ जना सहित ४५१ जनामा कोरोना देखिएको हो ।

 

एकैदिन ४०० भन्दा बढीमा कोरोना पुष्टि भएको यो तेस्रो पटक हो । मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार आज संक्रमित हुनेमा  पुरुष ४१६ जना र महिला ३५ जना रहेका छन् ।

 

अहिलेसम्म नेपालका ७७ मध्ये ७३ जिल्लामा कोरोनाका संक्रमित भेटिएका छन्।

 

पछिल्लो २४ घण्टामा ६७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । नेपालमा हालसम्म १ हजार ४१ जना कोरोना संक्रमित निको भइसकेका छन् भने १९ जनाको मृत्यु भएको छ ।

मेलम्ची खानेपानीले आयोजनाले काम गरेको पैसा नदिएको भन्दै मजदूरद्वारा आन्दोलन Read Previous

मेलम्ची खानेपानीले आयोजनाले काम गरेको पैसा नदिएको भन्दै मजदूरद्वारा आन्दोलन

फर्म दर्ता र नवीकरण सेवा पुनः शुरु, इमेलबाट विवरण पठाउन सकिने Read Next

फर्म दर्ता र नवीकरण सेवा पुनः शुरु, इमेलबाट विवरण पठाउन सकिने