क्वारेन्टीनबाट भाग्न खोज्ने युवकलाई ४ महिना जेल !

दक्षिण कोरियामा क्वारेन्टीनको नियमलाई पटक पटक उल्लङ्घन गरेपछि अदालतले एक युवकलाई ४ महिनाको कैद सजाय सुनाएको छ ।दक्षिण कोरियामा क्वारेन्टीनको नियम उल्लङ्घन गरेकालाई सजाय दिइएको यो पहिलो पटक हो ।

 

मिस्टर किम नाम गरेका व्यक्ति क्वरेण्टीनको अवधि पूरा हुनु दुई दिनअघि घरबाहिर निस्किँदै गर्दा पक्राउ गरिएको थियो । उनलाई एक केन्द्रमा लगिएको छ, जहाँबाट उनले पटक पटक भाग्ने कोसिस गरेका थिए ।

 

राजधानी सोलका कैयौँ नाइट क्लबमा कोरोना सङ्क्रमण देखिने क्रम बढेपछि दक्षिण कोरियाले क्वरेण्टीनको नियमलाई उल्लङ्घन गर्नेविरुद्ध कडा नियम लागू गर्नेबारेमा पनि सोचिरहेको छ ।

 

दक्षिण कोरियामा अहिलेसम्म ११ हजार २२५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये २७९ जनाको ज्यान गइसकेको छ । त्यस्तै १० हजार २७५ जना उपचारपछि निको भएका छन् ।
एजेन्सी

मदिरा र सुर्तीमा कर बढाउन संसदीय समितिको सुझाव Read Previous

मदिरा र सुर्तीमा कर बढाउन संसदीय समितिको सुझाव

विद्युत् महसुल सङ्कलन गर्ने/नगर्ने भन्नेमा प्राधिकरणका कर्मचारी बीचमै विवाद Read Next

विद्युत् महसुल सङ्कलन गर्ने/नगर्ने भन्नेमा प्राधिकरणका कर्मचारी बीचमै विवाद