काठमाडौंमा १ सहित थप १९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६०३ पुग्यो

काठमाडौं । नेपालमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। योसँगै संक्रमितको संख्या ६०३ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंसहित देशका विभिन्न जिल्लामा कोरोनाका संक्रमित थपिएका हुन् ।

 

मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार आज काठमाडौं सोह्रखुट्टेका १, मोरङ १, बारा१, पर्सा ३, रौतहट १, सर्लाही १, रूपन्देही ६, नुवाकोटका १, कपिलवस्तु ३, गुल्मीमा १ जनामा कारोना पोजेटिभ देखिएको हो ।

 

नेपालका कारोना संक्रमितमध्ये हालसम्म ८७ जना निको भइसकेका छन् भने ३ जनाको मृत्यु भएको छ।

लकडाउनमा सर्वाधिक उडान गर्ने एयरलाइन्स बन्यो निगम Read Previous

लकडाउनमा सर्वाधिक उडान गर्ने एयरलाइन्स बन्यो निगम

नोटलाई ३ वर्गमा छुट्याउन निर्देशन, पूर्वराजाको फोटो भएको नोट पुनः प्रयोग गर्न नमिल्ने Read Next

नोटलाई ३ वर्गमा छुट्याउन निर्देशन, पूर्वराजाको फोटो भएको नोट पुनः प्रयोग गर्न नमिल्ने