अब क्वारेन्टिनमा बस्नेले पनि भत्ता पाउने, कति पाउँछन् दैनिक

पश्चिमरुकुमको चौरजहारी नगरपालिकाको क्वारेन्टिनमा बस्नेलाई दैनिक १७८ रुपैयाँ दिने निर्णय भएको छ । यसअघि क्वारेन्टिनमा बसेकालाई नगरपालिका आफैंले खाने व्यवस्था गरेकामा अब नगद दिने निर्णय गरेको हो ।

 

नगरपालिकाका अनुसार भारत तथा अन्य ठाउँबाट आउनेलाई १४वटै वडाका क्वारेन्टिनमा राखिनेछ । क्वारेन्टिन बसेका व्यक्तिले खानाका लागि हरेक क्वारेन्टिनमा पकाउने भाँडाको व्यवस्था गरिएको छ ।

 

आफूले खाने थाल, कचौरा, गिलास र ओढ्ने–ओछ्याउने कपडा सम्बन्धित व्यक्तिले ल्याउनुपर्ने नियम बनाइएको छ । क्वारेन्टिनमा नगरपालिकाले मास्क, स्यानिटाइजर, साबुन, खानेपानीका लागि ड्रम, फिल्टर र शौचालय सफाइका सामग्री प्रदान गरेको छ ।

 

दाउराको समस्या हुने वडामा ग्यास र चुलाको व्यवस्था पनि गरिने नगरप्रमुख विशाल शर्माले बताए । भत्ता दिने व्यवस्थासँगै अब बिहान र दिउँसोको नास्ता तथा साँझ–बिहानको खानाको व्यवस्था क्वारेन्टिनमा बस्नेले आफैँ गर्नुपर्ने छ ।

 

चौरजहारी नगरपालिकाबाट ३ हजार २४४ जना भारतका विभिन्न ठाउँमा मजदुरी गर्न गएका छन् । उनीहरु घर फर्कन शुरु गरेको र शुक्रबार मात्र ३४ जना भित्रिएको नगरपालिकाले जनाएको छ । उनीहरुलाई सम्बन्धित वडामा पठाइएको छ । रासस

आइतबारदेखि सञ्चय कोषबाट विशेष सापटी लिन सकिने Read Previous

आइतबारदेखि सञ्चय कोषबाट विशेष सापटी लिन सकिने

'कोरोनाका कारण विश्व अर्थतन्त्र १० वर्षसम्म ऋणमा डुब्ने खतरा, अमेरिका र चीनबीच ठूलो विभाजन आउने' Read Next

'कोरोनाका कारण विश्व अर्थतन्त्र १० वर्षसम्म ऋणमा डुब्ने खतरा, अमेरिका र चीनबीच ठूलो विभाजन आउने'