काठमाडौं । नेपालमा थप ९ जनामा कोरोना संक्रमण भएको छ । योसँगै संक्रमितको संख्या ४५३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापाको कचनाकवल गाउँपालिकाको लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा रहेका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनीहरु १७ देखि ५५ वर्षसम्मका रहेका छन् । यसैगरी रुपन्देहीका २७ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
नेपालमा हालसम्म ४९ जना कोरोना संक्रमित निको भइसकेका छन् भने २ जनाको मृत्यु भएको छ ।