थप २४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २४३ पुग्यो

काठमाडौं । नेपालमा एकैदिन थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोनाको संक्रमित संख्या २४३ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार रुपन्देहीमा १२ जना, कपिलवस्तुमा ८ जना, पर्सामा ३ जना र नवलपरासीमा १ जना सङ्क्रमित भेटिएका हुन् ।

 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु र  प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रुपन्देहीमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

नेपालका २४३ जना संक्रमितमध्ये हाल ३३ जना निको भइसकेका छन् ।

'पुरानै ढाँचाको बजेटले अर्थतन्त्रलाई चलायमान बनाउन असम्भव' Read Previous

'पुरानै ढाँचाको बजेटले अर्थतन्त्रलाई चलायमान बनाउन असम्भव'

खतराको घण्टी बज्दै, काठमाडौंमा फेरि थपिए कोरोना संक्रमित Read Next

खतराको घण्टी बज्दै, काठमाडौंमा फेरि थपिए कोरोना संक्रमित