कोरोना संक्रमितको संख्या ४० लाख नाघ्यो, २ लाख ७५ हजारको मृत्यु

काठमाडौं। विश्वभर कोरोना संक्रमितको संख्या ४० लाख नाघेको छ । शनिवार बिहानसम्मको तथ्यांक अनुसार एकैदिन ९६ हजार १८४ जनामा नयाँ संक्रमण देखिएसँगै संक्रमितको संख्या ४० लाख ११ हजार ५८७ पुगेको छ ।

 

संक्रमितमध्ये १३ लाख ८२ हजार ३९४ जना उपचारपछि निको भएका छन् । अहिले २३ लाख ५३ हजार १२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररतमध्ये ४८ हजार ६६० जनाको अवस्था गम्भीर छ ।

 

विश्वका २१२ देशमा फैलिएको यो संक्रमणबाट ज्यान गुमाउनेको संख्या  २ लाख ७५ हजार ९३४ पुगेको छ । एकैदिन ५ हजार ५०८ जनाले ज्यान गुमाएका छन् ।

 

कोरोना भाइरसको संक्रमणबाट युरोपियन मुलुकमा १५ लाख ८१ हजार २५६ जना संक्रमित छन् । एकै दिन २७ हजार ५५६ जनामा नयाँ संक्रमण देखिएको छ । यो अघिल्लो दिनको तुलनामा झण्डै एक हजार कम हो ।

हिमालयले ल्यायो चीनबाट ७ हजार केजी स्वास्थ्य सामग्री, सेनाले चार्टर्ड गरेको नेपाल एयरलाइन्स ग्वान्जाओ उड्दै Read Previous

हिमालयले ल्यायो चीनबाट ७ हजार केजी स्वास्थ्य सामग्री, सेनाले चार्टर्ड गरेको नेपाल एयरलाइन्स ग्वान्जाओ उड्दै

कहाँ पुग्यो कोरोनाको खोपको अनुसन्धान र परीक्षण, यस्ता छन् सम्भावित खोपबारे जान्नैपर्ने ४ तथ्य Read Next

कहाँ पुग्यो कोरोनाको खोपको अनुसन्धान र परीक्षण, यस्ता छन् सम्भावित खोपबारे जान्नैपर्ने ४ तथ्य