काठमाडौं । नेपालमा थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका संक्रमित संख्या ६९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार नेपालगञ्जका ९ जना र वीरगञ्जका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नेपालगञ्जमा गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । संक्रमित मध्ये ६ पुरुष र ४ जना महिला छन् । संक्रमित ७ देखि ५८ वर्ष उमेरका छन् ।
नेपालका ६९ जना संक्रमितमध्ये हाल १६ जना निको भइसकेका छन् भने अन्यको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।