काठमाडौं । वीरगञ्जमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ ।
वीरगञ्ज महानगरपालिका ३ र १६ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले बताएको छ
।
संक्रमणको पुष्टि भएपछि दुबैलाई नारायणी अस्पताल भर्ना गरिएको छ ।
नेपालमा हालसम्म संक्रमित भएका ५१ मध्ये १२ जना निको भइसकेका छन् भने अन्य देशका विभिन्न अस्पतालमा उपचाररत छन् ।