कोरोनालाई जितेर २७ दिनपछि घर फर्किइन् दोस्रो संक्रमित युवती

काठमाडौं । नेपालकी दोस्रो कोरोना संक्रमित १९ वर्षीया युवती कोरोनाबाट मुक्त भई घर फर्किएकी छिन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेकी उनी २७ दिनपछि निको भएर शनिबार डिस्चार्ज भएकी हुन् ।

 

चैत ४ मा फ्रान्सबाट काठमाडौं आइपुगेकी ती युवतीमा १० चैतमा कोरोना पोजेटिभ देखिएपछि भर्ना भएकी थिइन् । केही दिनअघि गरिएको परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो ।

 

पछिल्लोपटक गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि दोहोर्‍याएर उनको स्वाब परीक्षण गरिएको थियो । दोहोर्‍याएर गरिएको परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले डिस्चार्ज गरेको हो ।

 

संक्रमितमध्ये उपचारपछि निको भएकी यिनी दोस्रो नेपाली हुन् । यसअघि कोरोना भाइरसको उद्गम स्थल चीनको वुहानबाट आएका एक संक्रमित युवक उतिवेलै निको भएर घर गइसकेका थिए । यो कोरोना विरूद्ध नेपाली चिकित्सकहरुको लागि दोस्रो सफलता हो ।

 

अहिले टेकु अस्पतालमा धादिङका संक्रमित युवा उपचाररत छन् । पछिल्लो समय नेपालमा संक्रमितको संख्या ३० पुग्दा २ निको भएका छन् ।

लकडाउनका कारण खेर गयो ६० लाख केजी हरियो चियापत्ती Read Previous

लकडाउनका कारण खेर गयो ६० लाख केजी हरियो चियापत्ती

एकैपटक ५० ग्यास उद्योगको लाइसेन्स खारेजी (नामसहित) Read Next

एकैपटक ५० ग्यास उद्योगको लाइसेन्स खारेजी (नामसहित)