सडकमा ५ सयको नोट, तर कसैले टिपेनन्

कोरोना भाइरसको कारण मानिसहरु कतिसम्म डराएका छन् भन्ने एउटा पछिल्लो घटनाले प्रमाणित गरेको छ । यो खबर दिल्लीको हो। जँहा घर बाहिरको सडकमा ५०० रुपैयाँको नोट थियो। तर त्यो नोट उठाउन कसैले पनि हिम्मत गरेनन् ।

 

खासमा त्यहाँका स्थानीयले त्यो नोट देखेका हुन्। तर कोरोना भाइरस लगाएर फालेको भन्दै कसैले नोट टिप्ने हिम्मत गर्न सकेनन्। स्थानीयमा नोटको विषयले त्रास फैलिएपछि स्थानीय प्रहरीले उक्त नोट टिपेर लगेको थियो। प्रहरीले समेत त्यो नोट टिप्नु पूर्व नोटलाइ सेनिइटिज़ गरेर एक खाममा हालेर प्रहरीले थाना लगेको थियो।

 

तर यसको रहस्य पछि खुलेको थियो। त्यहाँकी स्थानीय महिलाले उक्त नोट एटीमबाट झिकेर त्यसबाट भाइरस सर्छ भन्दै उक्त नोट सेनिइटिज़ गरि घरको बार्दलीमा सुकाएकी थिइन्। त्यहीबाट उक्त नोट सडकमा झरेको थियो।

 

‘सडकमा छरिएको नोट कसैले नउठाउँदा रामराज्य आए जस्तो लाग्यो’ एक प्रहरी अधिकारिले भने ।

-न्यू इंडियन एक्सप्रेस

लकडाउनका बीच धरहरा पुनःनिर्माणको काम जारी, १० औं तलाको ढलान सम्पन्न Read Previous

लकडाउनका बीच धरहरा पुनःनिर्माणको काम जारी, १० औं तलाको ढलान सम्पन्न

लकडाउनका कारण खेर गयो ६० लाख केजी हरियो चियापत्ती Read Next

लकडाउनका कारण खेर गयो ६० लाख केजी हरियो चियापत्ती