आफ्नै निर्णयबाट पछि हट्यो सरकार, उपत्यका बाहिर जान नदिने

काठमाडौं । लकडाउनका कारण काठमाडौंमा अलपत्र परेकाहरुलाई भोलि र पर्सि काठमाडौं बाहिर जान दिने निर्णयबाट सरकार पछि हटेको छ ।

 

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा आज बसेको कोरोना रोकथाम तथा समन्वय समितिको बैठकले लकडाउनका कारण काठमाडौं उपत्यकामा अलपत्र परेकालाई उपत्यका बाहिर जान दिने निर्णय गरेको थियो ।

 

तर, विना तयारी सरकारले यस्तो निर्णय गरेको भन्दै प्रदेश सरकारहरु, यातायात व्यवसायी लगायत सरोकारवालाले विरोध गरेपछि केन्द्र सरकार आफ्नै निर्णयबाट पछि हटेको हो ।

एनएमबी बैंकद्वारा कर्णाली प्रदेशलाई १०० थान पीपीई सहयोग Read Previous

एनएमबी बैंकद्वारा कर्णाली प्रदेशलाई १०० थान पीपीई सहयोग

विद्युतीय कारोबार बढ्यो, एक सातामै साढे ३५ अर्बको कारोबार Read Next

विद्युतीय कारोबार बढ्यो, एक सातामै साढे ३५ अर्बको कारोबार