काठमाडौं । नागरिक लगानी कोषको संचालक समितिको मिति २०७६-१२-१७ गते सोमबार बसेको बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणलाई नियन्त्रण गर्ने उद्देश्यले नेपाल सरकारद्वारा स्थापना गरेको कोरोना भाईरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु. १ करोड २५ लाख सहयोग गर्ने निर्णय गरेको छ ।
साथै, संचालक समितिका अध्यक्ष एबं सदस्यहरुले उक्त बैठकबाट प्राप्त गर्ने बैठक भत्ता, कोषका कार्यकारी निर्देशक रमण नेपालले एक महिनाको तलब दिने घोषणा गरेका छन् ।
कोषका अन्य कर्मचारीहरुट निजामति कर्मचारीहरुले योगदान गरे सरह दशौं तहसम्मका अधिकृतहरुले ७ दिन, अन्य अधिकृतहरुले ५ दिन र सहायक स्तरका कर्मचारीहरुले ३ दिनको तलब बराबरको रकम समेत सहयोग गर्ने घोषणा गरेका छन् ।