हावाहुरीको मौसम आयो, दमकल चलाउने जनशक्ति नै छैन

काठमाडौं । फागुन लागिसकेको छ । अबको मौसम हावाहुरी धेरै चल्ने र आग्लागीका घटना धेरै हुने समय भएकाले उपत्यकाको दमकल सेवा चुस्त हुनुपर्ने हुन्छ । तर, स्थापनाको आठ दशक पूरा गरिसकेको नेपालको दमकल सेवालाई अझैसम्म पनि संस्थागत रूपमा विकास र विस्तार गर्न नसक्दा त्यसले उपलब्धिपूर्ण परिणाम ल्याउन सकेको छैन ।

 

हालसम्म मुलुकको दमकल सेवा क्षेत्रमा संस्थागत संरचना, ऐन कानून, नियमावली, विनियमावलीका साथै दक्ष जनशक्ति उत्पादन गर्ने तालीम केन्द्रको स्थापना हुन सकेको छैन ।

 

सरकारले दमकल सेवामा काम गर्नका लागि छुट्टै जनशक्ति उत्पादन केन्द्रको स्थापना नगरी हेल्चेक्राँइ गरेको देखिन्छ । उक्त दमकल सेवामा काम गर्न सकारले शसस्त्र प्रहरी, नगर प्रहरी र गृह मन्त्रालयबाट जनशक्ति ल्याएर सेवा प्रवाह गर्दै आएको छ ।

सरकारले देशका ७५३ तहमै दमकल सेवाको संचालन गर्ने भने पनि हालसम्म ६ ओटा महानगरपालिकामा मात्र दमकल सेवा उपलब्ध छ । काठमाडौं महानगरपालिकामा ४ वटा दमकल छन् । त्यसमध्ये हाल ३ वटा मात्र संचालनमा छन् ।

 

दमकल सेवालाई व्यवस्थित र प्रभावकारी रूपमा संचालन गर्नका लागि छुट्टै भौतिक संरचना र अग्नि नियन्त्रकको व्यवस्था हुनु आवश्यक देखिन्छ । जुन सेवाको लागि कर्मचारी नियुक्ति गरिन्छ सोही क्षेत्रमा काम गर्न पाउने कर्मचारीको अधिकार हो तर यहाँ एउटा सेवाका लागि भनेर नियुक्त गरेको कर्मचारीलाई अग्नि नियन्त्रकको कामकाजमा लगाइएको अवस्था छ ।

 

‘बल्ल बल्ल १ वर्षको समय लगाएर काम सिकेका हुन्छन्, त्यसको केही समयपछि नै ती जनशक्तिलाई उनीहरूको संगठनले सरुवा गरिदिन्छन्, काठमाडौं महानगरपालिका अन्तर्गतको काठमाडौ जुद्ध वारुणयन्त्र शाखाका प्रमुख लिलाराज गच्चा थापामगरले भने ।

 

यो चलन वर्षौदेखि यसरी नै चल्दै आइरहेको थापा बताउँछन् । देश र जनताको जनधनको सुरक्षाका लागि भनेर चुनौतीपूर्ण काममा कार्यारत कर्मचारीहरू करार तथा ज्यालादारी रूपमा कार्यारत छन् । उनीहरूका लागि केही प्रोत्साहन गर्ने तथा सम्मानित गर्ने कार्यक्रम गर्नु आवश्यक रहेको देखिन्छ ।

 

एउटै चालकलाई हरेक पटक अलग अलग सवारी साधन चलाउनुपर्ने बाध्याता छ । जतिबेला जुनको आवश्यक पर्छ त्यतिबेला परिस्थिति अनुसार दमकल चलाउनुपर्ने अहिलेको अवस्था छ ।

 

त्यस्तै, सरकारले दमकल संचालनलाई बोझ र खर्चिलो सेवाको रूपमा लिने गरेको पाइन्छ । आगलागि एक आकस्मिक रूपमा आइपर्ने विपद् हो, तर पनि यसका लागि सरकारबाट कुनै पनि प्रकारको पहलहरु राम्रोसँग हुन सकेको छैन । दमकल सेवालाई कसरी छिटो, छरितो र व्यवस्थित बनाउन सकिन्छ भन्ने बारेमा कसैलाई चासो नै छैन । जे छ जस्तो छ त्यस्तै चलिराख्छ भन्ने सोचाइका कारण यस क्षेत्रको उचित व्यवस्थापन हुन नसकेको हो ।

 

‘दमकल सेवा एक निस्वार्थ गैर नाफामूलक संस्था हो । यसमा मात्र सेवाको भावनाले काम गरिन्छ । त्यसकारणले पनि यसको विकास हुन नसकेको हो । यदि नाफामूलक हुने थियो भने अवश्य यसको राम्रै अवस्था हुन्थ्यो’ लिलाराज गच्चा थापामगरले भने ।

 

आगलागी नियन्त्रण एक विशुद्ध आपतकालीन मानवीय सेवा हो । समयमै यसको राम्रो उचित व्यवस्था हुन नसक्दा सानो तिनो आगलागीका कारण पनि धेरै ठूलो मात्रामा क्षति बेर्होनु परिराखेको छ ।

 

हावाहुरीको यो मौसम आउनै लाग्दा यो बेला आगोले वर्षेनि करोडौं धनमाल क्षति हुने गरेको छ । उक्त विपद्बाट बच्नका लागि अहिलेदेखि नै पूर्वतयारी गर्नुपर्ने देखिन्छ । सरकारले सम्पूर्ण स्थानीय तहहरूमा दमकल सेवाको संचालन गर्ने भने पनि उपत्यका भित्रैका काठमाडौं महानगरपालिका बाहेकका बाहेक अन्य नौ वटा नगरपालिकामा समेत दमकल सेवा छैन ।

 

काठमाडौं महानगरपालिकामा ४ वटा दमकल छन् । त्यसमध्ये हाल ३ वटा मात्र संचालनमा छन् । देशका ७५३ वटा स्थानीय तहमध्ये हाल ६ वटा महानगरपालिकामा मात्र दमकल सेवा पुगेका छन् ।

चार जनाले ३ महिना लगाएर बनाए साढे १० फिट लामो खुकुरी Read Previous

चार जनाले ३ महिना लगाएर बनाए साढे १० फिट लामो खुकुरी

तीन उद्योग बन्द गर्न निर्देशन Read Next

तीन उद्योग बन्द गर्न निर्देशन