समाजवादी मोर्चाको प्रदर्शनका कारण भोलि यी रुटको सवारी प्रभावित हुने

फाइल तस्वीर । बानेश्वर-बिजुलीबजार सडक खण्ड आसपासको क्षेत्र ।

काठमाडौं । समाजवादी मोर्चाले भोलि (शुक्रबार) काठमाडौं उपत्यकामा विरोध प्रदर्शन गर्ने भएको छ । मोर्चाले भ्रष्टाचार, बेथिति र प्रतिगमन विरुद्ध प्रदर्शन गर्ने भएको हो ।

मोर्चाले गणतन्त्रको पक्षमा गर्न लागेको आन्दोलनको रुट समेत सार्वजनिक गरेको छ । मोर्चाले काठमाडौंका विभिन्न ठाउँबाट जुलुस निकाली काठमाडौंको भृकुटिमण्डपमा वृहत् जनसभा गर्ने भएको छ ।

मोर्चाका अनुसार विभिन्न ८ वटा रुट हुँदै जुलुस भृकुटीमण्डपमा आउने छ । र, जनसभामा परिणत हुने मोर्चाले जनाएको छ । जनसभामा शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।

मोर्चाको जुलुस निस्कने रुटहरूमा सवारी आवगमन समेत प्रभावित हुनेछ ।

यस्तो छ मोर्चाको आन्दोलनका रुटहरू

८ महिनामा बंगलादेशबाट ३ अर्बको आयात, २७ करोडको निर्यात Read Previous

८ महिनामा बंगलादेशबाट ३ अर्बको आयात, २७ करोडको निर्यात

पहिलोपटक मनाङको चामे पुग्यो बस, नयाँ वर्षदेखि नियमित चल्ने Read Next

पहिलोपटक मनाङको चामे पुग्यो बस, नयाँ वर्षदेखि नियमित चल्ने