सरकारले भ्रम फैलाएकाे भन्दै बालेनको ६ बुँदे खण्डन, भन्छन्-‘भ्रष्ट कार्यकर्तासँग झुक्दैनौँ’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले वर्तमान सरकारले भ्रम फैलाएको भन्दै ६ बुँदे खण्डन गरेका छन् ।

सोमबार सामाजिक संजाल फेसबुमा स्टाटस लेख्दै उनले सरकारले विभिन्न विषयमा भ्रम छरिरहेको उल्लेख गर्दै त्यसको खण्डन गरेका हुन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै आफू दुश्मन नभई विकासको साझेदार रहेको बताएका छन् । ‘प्रधानमन्त्री केपी ओलीज्यू, हामी तपाईका दुश्मन होइनौँ, विकासका साझेदार हौँ,’ उनले भनेका छन् ।

उनले महानगरलाई जतिसुकै नाकाबन्दी लगाए पनि आफ्ना नियतमा फरक नपर्ने पनि बताएका छन् । ‘महानगरलाई जतिसुकै नाकाबन्दी लगाउनुहोस्, नियतमा फरक पर्दैन । अहिलेका लागि देशमा आवश्यक सबै भन्दा ठूलो कुरा सुशासन हो । भ्रष्टहरूविरूद्धको लडाइँ हो,’ मेयर बालेनले भनेका छन्, ‘सुशासनका लागि जोसँग जुध्नु परे तयार छु, तर सम्झौता गर्दिन । सुशासन कायम गरेरै छोड्छु ।’

उनले पार्टीका भ्रष्ट कार्यकर्तासँग नझुक्ने बताएका छन् । ‘हामीले गरे जति विकासका सबै काम पनि तपाईंकै कार्यकालमा भएका हुन् भनिदिउँला । तर, त्यसो भन्दा पत्याउने बनाउन आग्रह, पूर्वाग्रहबाट मुक्त भएर विकासमा साझेदारी गरि त्यो दाबी गर्न सक्ने ल्याकत बनाउने जिम्मा तपाईंकै हो,’ उनले भनेका छन्, ‘अनि जति भ्रम फैलाए पनि, हामी तपाईंको भ्रष्ट कार्यकर्तासँग झुक्दैनौँ ।’

खानेपानी र सरसफाइ क्षेत्रमा सहयोग गर्न नेपाल र भारत बीच समझदारी Read Previous

खानेपानी र सरसफाइ क्षेत्रमा सहयोग गर्न नेपाल र भारत बीच समझदारी

नेपालको कृषि क्षेत्रमा सहयोग जारी राख्ने जापानको प्रबिद्धता Read Next

नेपालको कृषि क्षेत्रमा सहयोग जारी राख्ने जापानको प्रबिद्धता