वाशिङ्टन डीसीमा ६४ जना सवार विमान र हेलिकप्टर आकाशमा ठोकिए

काठमाडौं । वाशिङ्टन डीसीस्थित रोनल्ड रेगन विमानस्थलमा अवतरण गर्ने तयारीमा रहेको एउटा यात्रुवाहक विमान अर्को हेलिकप्टरसँग आकाशमै ठोक्किएको अमेरिकाको सङ्घीय नागरिक उड्डयन निकाय (एफएए)ले जनाएको छ।

स्थानीय समयानुसार बेलुकी ९ बजेतिर हावामा हेलिकप्टरसँग ठोकिएपछि अमेरिकन एअरलाइन्सको उक्त विमान वाशिड्टन डीसीमा बग्ने पोटोम्याक नदीमा खसेको थियो।

चालक दलका चार र यात्रु ६० जना सवार उक्त विमान क्यान्सास राज्यको विचिटाबाट प्रस्थान गरेको थियो।

एफएएले विमान रेगन वाशिङ्टन न्याश्नल एअरपोर्टको धावनमार्ग ३३ मा अवतरणका लागि जाँदै गर्दा उक्त घटना भएको सीबीएस न्यूजलाई दिएको एउटा वक्तव्यमा जनाएको छ।

अमेरिकी अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेका छन्। दुर्घटनामा परेको हेलिकप्टर अमेरिकी सेनाको ‘ब्ल्याक हक’ भएको र त्यसमा तीन सैनिक रहेको एक अधिकारीले अमेरिकास्थित बीबीसीको साझेदार सीबीएसलाई बताएका छन्।

नाम उल्लेख नगर्ने सर्तमा अर्का एक अधिकारीले समाचारसंस्था रोएटर्सलाई ती सैनिकहरूको अवस्था अज्ञात रहेको जानकारी दिएका छन्। तर उनका अनुसार उक्त हेलिकप्टरमा वरिष्ठ सैन्य अधिकारी थिएनन्।

वाशिङ्टन डीसीमा तापक्रम निकै कम भएकाले उद्धारकार्य चुनौतीपूर्ण हुने देखिएको छ।

व्यवसाय विस्तारमा आक्रमक बन्दै ग्लोबल र एभरेष्ट, खस्किँदै एनआइसी Read Previous

व्यवसाय विस्तारमा आक्रमक बन्दै ग्लोबल र एभरेष्ट, खस्किँदै एनआइसी

नेपालमा ऊर्जा उत्पादनमा पूँजी परिचालन गर्न बंगलादेशका लगानीकर्तालाई आग्रह Read Next

नेपालमा ऊर्जा उत्पादनमा पूँजी परिचालन गर्न बंगलादेशका लगानीकर्तालाई आग्रह