दक्षिण कोरियाका राष्ट्रपति पक्राउ

काठमाडौं । दक्षिण कोरियामा निलम्बित राष्ट्रपति युन सुक योल पक्राउ परेका छन्। बुधबार बिहान उनलाई सउलस्थित निवासबाटै पक्राउ गरिएको बिबिसीले जनाएको छ।

दक्षिण कोरियाको अखबार योनहाप न्युजले युन स्थानीय समयअनुसार बिहान साढे १० बजे पक्राउ परेको पुष्टी गरेको छ।

उनलाई दोस्रो पटकको प्रयासपछि पक्राउ गरिएको हो । यसअघि पुस १९ गते युनलाई पक्राउ गर्न अनुसन्धानकर्ताहरू सउलस्थित उनको निवासमा पुगेका थिए। त्यतिबेला ठूलो संख्यामा युनका समर्थकहरूले र युनको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरूले अवरोध गरेपछि अनुसन्धानकर्ताहरू रित्तो हात फर्किएका थिए।

गत ३ डिसेम्बरमा राष्ट्रपति योलले मार्शल ल घोषणा गरेका थिए । तर, विपक्षी दललगायतको विरोधमा उनले आफ्नो निर्णय ६ घण्टामै फिर्ता लिएका थिए । यो घटनापछि १४ डिसेम्बरको दिन उनीविरुद्ध संसदबाट महाअभियोग प्रस्ताव पास भएको थियो । त्यसयता उनी पदबाट निलम्बित अवस्थामा छन् ।

 

काठमाडौंका दमकल जान नसक्ने गल्लीमा ड्राइराइजर जडान Read Previous

काठमाडौंका दमकल जान नसक्ने गल्लीमा ड्राइराइजर जडान

बैंकको व्यवसाय : ग्लोबल एक्लैले गर्‍यो २४% कर्जा लगानी, एनआइसीबाट बाहिरियो ५५ अर्ब निक्षेप Read Next

बैंकको व्यवसाय : ग्लोबल एक्लैले गर्‍यो २४% कर्जा लगानी, एनआइसीबाट बाहिरियो ५५ अर्ब निक्षेप