स्रोत नखुलेको ९२ लाखसहित जोरपाटीबाट तीन जना पक्राउ

काठमाडौं । स्रोत नखुलेको ९२ लाख रुपैयाँ नगदसहित काठमाडौंको जोरपाटीबाट तीन जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार उनीहरुलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सन्धुपाल्चोकका रविन धमला, रसुवाका जितबहादुर तामाङ र संखुवासभाका सन्तोष खाती छन्।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।घटनामा संलग्न व्यक्तिहरू सुन कारोबारी हुन सक्ने प्रहरीको अनुमान छ।

६७ जना सवार अजरबैजान एयरलाइन्सको जहाज दुर्घटना, २५ जनाको जीवितै उद्धार Read Previous

६७ जना सवार अजरबैजान एयरलाइन्सको जहाज दुर्घटना, २५ जनाको जीवितै उद्धार

काठमाडौंवासीलाई बाह्रै महिना मेलम्चीको खानेपानी उपलब्ध गराउने तयारी Read Next

काठमाडौंवासीलाई बाह्रै महिना मेलम्चीको खानेपानी उपलब्ध गराउने तयारी