काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको सडक प्रदर्शनका कारण दरबारमार्ग क्षेत्रको सवारी आवगमन बिहानैदेखि प्रभावित भएको छ ।
सत्तामै रहेर पनि आफ्नो शक्ति प्रदर्शन गर्न लागेको एमालेका कारण दरबारमार्ग क्षेत्रका सडक बिहानदैखि डाइभर्ट गरिएको हो । सो क्षेत्रमा सबै सडक बन्द गरिएको छ ।
दरबारमार्गको सडकमा मञ्च बनाइएको छ । उक्त क्षेत्रमा आउने/जाने सवारीसाधनलाई जमल, कमलपोखरी, लैनचौर लगायत क्षेत्रबाटै डाइभर्ट गरिएको छ ।
एमालेले आफ्नो शक्ति देखाउन दरबारमार्गमा जागरण सभा गर्ने भएको हो । एमालेको काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीको संयुक्त आयोजनामा शुक्रबार काठमाडौंको दरबारमार्गमा जागरण सभा हुन लागेको हो।
आज जागरण सभाअघि विभिन्न ठाउँबाट र्याली निकाल्दै छ । सबैतिरको र्याली भद्रकालीमा जम्मा भएर सुन्धारा, वीर अस्पताल, रत्नपार्क घन्टाघर हुँदै दरबारमार्गमा पुगेर सभामा परिणत हुने बताइएको छ।
दिनभर सो क्षेत्रमा सवारी आवगमन प्रभावित हुनेछ भने जनताले सास्ती पाउने छन् ।