नारायणगढ-मुग्लिन सडकमा बस र हायस ठोक्किँदा ४ जनाको मृत्यु, ६ जना घाइते

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलोमा आज बिहान भएको दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता भेषराज रिजालका अनुसार आज बिहान ३ः०० बजे मुग्लिनबाट नारायणगढतर्फ आइरहेको विद्युतीय वाहन र नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बस एकापसमा ठोक्किँदा विद्युतीय वाहनमा सवार गोरखा आरुघाट गाउँपालिका–१ का ४२ वर्षीय राजबहादुर गुरुङ, परिचय नखुलेका ४० वर्षीया महिला, ३२ वर्षीय र ३५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

दुर्घटनामा अन्य छ जना घाइते भएका छन् । घाइतमध्ये दुई जनाको भरतपुर अस्पताल र चार जनाको चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।रासस

आजदेखि त्रिभुवन विमानस्थल १० घण्टा बन्द हुने Read Previous

आजदेखि त्रिभुवन विमानस्थल १० घण्टा बन्द हुने

ट्रम्पको उदयपछि डलर झन् बलियो, फेरि बनायो नयाँ रेकर्ड Read Next

ट्रम्पको उदयपछि डलर झन् बलियो, फेरि बनायो नयाँ रेकर्ड