अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी

काठमाडौं । अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन पार्टीका उमेदवार डोनाल्ड ट्रम्प विजयी भएका छन्। उनी डेमोक्र्याटिक पार्टीकी उमेदवार कमला ह्यारिसलाई पराजित गर्दै पुनः अमेरिकी राष्ट्रपति बनेका हुन् ।

सार्वजनिक पछिल्लो मत परिणाम अनुसार जितका लागि २७० इलेक्टोरल कलेज  आवश्यक पर्नेमा ट्रम्पले हालसम्म २७९ इलेक्टोरल जितेका छन् भने मत परिणाम आउन बाँकी राज्यमा पनि उनी नै अगाडी छन् । यस अनुसार ट्रम्पले ३०० बढी इलेक्टोरल जित्ने देखिएको छ ।

ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएको यो दोस्रो पटक हो । यसअघि उनी सन् २०२६ मा निर्वाचित भएका थिए । उनी दुवै पटक महिला उमेदवारलाई हराएका राष्ट्रपति बनेका हुन् । यसअघि हिलारी क्लिनटनलाई पराजित गरेका थिए ।

सन् २०२० मा भने हालका राष्ट्रपति जो बाइडनसँग पराजित भएका थिए । निर्णायक मानिएका ७ वटा स्विङ स्टेटमध्ये ट्रम्पले ४ वटामा जित हात पारिसकेका छन् भने अरु २ वटामा अग्रता लिइरहेका छन् ।

ट्रम्प पपुलर मतमा पनि अगाडि छन् । ट्रम्पले ७ करोड ८ लाख मत पाउँदा कमलाले ६ करोड ५८ लाख मत प्राप्त गरेकी छन्।

यसपटक अमेरिकामा इतिहासकै कडा प्रतिस्पर्धा हुने र अमेरिकी इतिहासमा पहिलो पटक महिला राष्ट्रपति चुनिने सम्भावना रहेको विश्लेषण भइरहेको थियो । तर डोनाल्ड ट्रम्पले सहजै चुनाव जितेका छन् ।

अब बैंकमा गएर केवाइसी भर्न नपर्ने, अनलाइनबाटै विवरण लिने Read Previous

अब बैंकमा गएर केवाइसी भर्न नपर्ने, अनलाइनबाटै विवरण लिने

अमेरिकी डलरले बनायो इतिहासकै महँगोको रेकर्ड Read Next

अमेरिकी डलरले बनायो इतिहासकै महँगोको रेकर्ड