काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।
सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न शुक्रबार कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको हो ।
अदालतको अनुमतिपछि काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेर कास्की लैजाने प्रहरी तयारी छ ।
उनीविरुद्ध पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोप लागेको छ ।
गत जेठमा एमाले सांसद सूर्य थापा संयोजकत्वको गठित संसदीय छानबिन समितिले लामिछानेलाई सहकारीको रकम अपचलनमा कारबाहीका लागि सिफारिस गरेको थियो ।
प्रतिवेदनले सहकारीको बचत हिनामिनामा लामिछानेको व्यक्तिगत संलग्नता नभेटिए पनि गोर्खा मिडिया मार्फत सहकारीको बचत अपचलनमा उनलाई कारबाहीको सिफारिस गरेको थियो ।