उर्जा

‘बोर्डले वास्तविक अवस्थाको ख्याल नै नगरी हाइड्रोको सेयरमा जोेखिम छ भन्यो’

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)ले वास्तविक अवस्थाको ख्याल नै नगरी नेपाल धितोपत्र बोर्डले विभिन्न जलविद्युत् कम्पनीको सेयर कारोवारमा जोखिम रहेको भनी सार्वजनिक गरेको प्रतिवेदनप्रति आपत्ति जनाएको छ ।   इपानले एक विज्ञप्तिमार्फत जलविद्युत् आयोजना निर्माण सम्पन्न भएपछि मात्रै आम्दानी विस्तारै बढेर जाने तथा प्रतिसेयर मूल्य आम्दानी र प्रतिसेयर नेटवर्थ वृद्धि हुने उल्लेख […]

२४ जिल्लामा प्रसारण लाइन निर्माणमा समस्या, समाधान गर्न कार्यदल गठन हुने

काठमाडौं । विद्युत प्रसारण लाइन निर्माणमा देखिएका र भविष्यमा देखा पर्ने समस्या समाधान गर्न संघ र स्थानीय तहमा कार्यदल गठन गर्ने निर्णय भएको छ ।   उपप्रधान तथा अर्थमन्त्री, गृहमन्त्री, उर्जा, जलस्रोत तथा सिचाई मन्त्री, वन तथा वातावरण मन्त्री, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री, सचिवहरु, नेपाल विद्युत प्राधिकरणका पदाधिकारी लगायतको बैठकले कार्यदल गठन […]

बाढीले ४ जलविद्युत् आयोजनामा क्षति, १ अर्ब बढीको नोक्सानी

कास्की । केही दिनदेखिको अविरल वर्षापछि मादी नदीमा आएको बाढीले कास्कीको मादी गाउँपालिकामा ४ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।   मादीको वडा नं १ र २ स्थित नदी किनारमा निर्माण सम्पन्न भएका र निर्माणाधीन जलविद्युत् आयोजनामा गएरातिको बाढीले ठूलो क्षति गरेको हो । बाढीबाट ४४ मेगावाट क्षमताको निर्माणाधीन सुपर मादी जलविद्युत् आयोजनामा सबैभन्दा […]

बुद्धको एटीआर-७२ जहाजद्धारा तुम्लिङटारमा परीक्षण उडान, भाडा २३०० सस्तो हुने

काठमाडौं । निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरको ७२ सिट क्षमताको एटीआर–७२ जहाजले तुम्लिङटार विमानस्थल परीक्षण उडान गरेको छ ।   यसअघि एटीआर–४२ र बिचक्राफ्ट जहाजबाट उडान गर्दै आएको बुद्धले शुक्रबार एटीआर–७२ जहाजबाट उक्त विमानस्थलमा परीक्षण उडान गरेको हो ।   बुद्धले नागरिक उड्डयन प्राधिकरण (क्यान) का पदाधिकारी, एयरका अपरेशन तथा टेक्निकल टिमले परीक्षण उडान […]

तामाकोशीको पहिलो टर्बाइनको परीक्षण सफल, ७६ मेगावाट उत्पादन शुरु गरिँदै

काठमाडौं । बहुप्रतिक्षित राष्ट्रिय गौरवको ४५६ मेगावाट माथिल्लो तामाकोशी आयोजनाको पहिलो टर्बाइनको परीक्षण सफल भएको छ । मुख्य सुरुङको परीक्षण सकेपछि पहिलो टबाईनबाट ७६ मेगावाट विद्युत् उत्पादनको परीक्षण सफल भएको आयोजनाले जनाएको हो ।   आयोजनाले वैशाख १६ गतेदेखि मुख्य सुरुङ र पेनस्टक पाइपमा पानी हालेर परीक्षण शुरु गरेको थियो । सोही क्रममा पेनस्टकको बिर्को […]

५ वर्षमा पनि सकिएन सोलु करिडोर १३२ केभी प्रसारण लाइन, छैटौँ पटक म्याद थप्ने तयारी

काठमाडौं । निर्माणाधीन सोलु करिडोर १३२ केभी प्रसारण लाइन आयोजनाले छैटौं पटक म्याद थपका लागि फाइल अगाडि बढाएको छ । सन् २०१६ सेप्टेम्बर २५ मा ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी काम शुरु गरेको आयोजनाले पुनः छैटौँपटक म्याद थपका लागि फाइल अघि बढाएको हो ।   सन् २०२१ मेमा काम सक्ने शर्तमा पाचौँपटक म्याद थप गरेको […]

मर्स्याङ्दीमा ६९ मेगावाट विद्युत् उत्पादन

तनहुँ । तनहुँको आँबुखैरेनी–४ मा रहेको मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट ६९ मेगावाट विद्युत् उत्पादन भएको छ ।   गत बिहीबार बिहानदेखि शनिबार साँझसम्म परेको अबिरल वर्षाका कारण नदीमा पानीको बहाब बढेपछि साविकको अनुपातमा विद्युत् उत्पादन भएको हो ।   सुख्खा याममा हिउँ कम पग्लने र नदीमा मिसिएका खोला, खोल्सी र झरनाका पानी कम हुँदा घटेर ४० […]

क्षेत्रीय बजारमा बिजुली विक्रीको अनुमति दिन निजी क्षेत्रको माग

काठमाडौं । राम्रा नीति बने पनि त्यसको प्रभावकारी कार्यान्वयन नहुँदा नेपालको बिजुलीको खपत बढाउन नसकिएको र अन्तर्राष्ट्रिय रुपमा समेत व्यापार गर्न नसकिएको यस क्षेत्रका जानकार तथा सरोकारवालाले टिप्पणी गरेका छन् ।   नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आज आयोजना गरेको स्वदेशी खपतसँग विद्युत् व्यापार र आगामी बजेट विषयक अन्तरक्रियामा सहभागीले कार्यान्वयन हुने गरी आगामी आर्थिक […]