रियल स्टेट

पर्वतमा १५ हजार रोपनी सरकारी जग्गा अतिक्रमण

पर्वत । पर्वतको जलजला गाउँपालिकामा १५ हजार रोपनीभन्दा बढी सार्वजनिक जग्गा अतिक्रमण भएको छ । गाउँपालिकाले एक वर्षसम्म गरेको अध्ययनका क्रममा १५ हजार २८२ रोपनी सार्वजनिक जग्गा विभिन्न व्यक्तिले अतिक्रमण गरेको पाइएको हो ।   सार्वजनिक जग्गाको अतिक्रमण बढ्दै गएपछि गाउँपालिकाले आफ्नो सीमाभित्रका सार्वजनिक जग्गा संरक्षणको तयारी थालेको छ ।   वडा नम्बर २, ३, ४, […]

निजगढ विमानस्थल बन्ने जग्गाको मुआब्जा धमाधम बाँडिँदै, प्रतिकट्ठा कति पाउँछन

काठमाडौं । बारामा निर्माण हुन लागेको अन्तरराष्ट्रिय विमानस्थल क्षेत्रमा परेको जग्गामध्ये हालसम्म १४४ जग्गा धनीलाई ४४ करोड मुआब्जा वितरण गरिएको छ ।   निजगढ विमानस्थल निर्माण क्षेत्रमा रहेको ११० बिघा तीन कट्ठा जग्गामध्ये हालसम्म नेपाल उड्डयन प्राधिकरणले ४४ करोड मुआब्जा दिएर हालसम्म ६५ बिघा ३ कट्ठा १२ धुर जग्गा आफ्नो नाउँमा फिर्ता लिइसकिएको छ । […]

कित्ताकाट नहुँदा जग्गाको कारोबारमा गिरावट, राजश्व ११ अर्बले घट्यो

काठमाडौं । चालू आर्थिक वर्षको ५ महिनामा घरजग्गा कारोबार घटेको छ । कोरोनाका कारण मानिसको आम्दानी घट्नु, कित्ताकाट खुला नहुँदा टुक्रा जग्गा उपलब्ध नहुनु, रियलस्टेट व्यवसायीले थप लगानी नगर्नु लगायत कारण कारोबार घटेको हो ।   नेपाल जग्गा आवास विकास संघका उपसभापति इच्छाबहादुर वाग्ले कित्ताकाट रोकिएकै कारण टुक्रा जग्गा नहुँदा कारोबारमा गिरावट आएको बताउँछन् । […]

‘जनताका लागि मात्र कित्ताकाट रोकिएको हो, पहुँचवालाका लागि मालपोतमा राती बत्ती बालेर कित्ताकाट गरिन्छ’

काठमाडौं । देशमा कित्ताकाट रोकिएको ३ वर्ष भइसकेको छ । कित्ताकाट रोकिएका कारण कयौं प्लटिङ भएका जमिनहरु त्यसै रहेका छन् । यो वर्ष कित्ताकाट खुलाउने सरकारको निर्णय पनि सर्वोच्च अदालतले नखुलाउन आदेश दिएको छ ।   तर यसरी कित्ताकाट बन्द गरेजस्तो गरेर सिमित मानिसहरुका लागि भने लुकिछिपी कित्ताकाट गरेर कमाउने भाँडो बनाइएको व्यवसायीहरुको आरोप छ […]

सरकारलाई सर्वोच्चको झड्का, जग्गाको कित्ताकाट गर्न रोक

काठमाडौं । सर्वोच्च अदालतले कृषियोग्य जमीनको कित्ताकाट तथा खण्डीकरण गर्ने सरकारको निर्णय गैरकानूनी भएको फैसला सुनाएको छ ।   प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश डा मनोजकुमार शर्माको संयुक्त इजलासले आज सरकारको उक्त निर्णयविरुद्ध परेको रिट निवेदनको सुनुवाइ रिट जारी गर्दै सो फैसला सुनाएको हो । फैसलाको पूर्णपाठ आउन बाँकी छ ।   अधिवक्ता सन्तोष भण्डारीलगायतले […]

उपत्यकामै पाइन्छ ४ लाखमा एक रोपनी जग्गा !

काठमाडौं । पछिल्लो समय घरजग्गा कारोबार निकै न्यून रहेको छ । कोभिड १९ का कारण कारोबार घटेसँगै जग्गाको मूल्य समेत स्थिर रहेको छ ।   रियल स्टेट कारोबार नेपालका प्रबन्धक प्रकाश छत्कुलीका अनुसार कोरोनाका कारण घरजग्गाको मूल्य नघटे पनि स्थिर भने रहेको छ । उनले घरजग्गा कारोबार ठप्प नभए पनि मूल्यमा भने स्थिरता छाएकाले विक्रेताहरूले […]

अचाक्ली भाउ बढेपछि मानहुँकोटमा जग्गा किनबेच रोक्का

दमौली । पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा जग्गा किनबेच रोक्का गरिएको छ ।   व्यास नगरपालिकाको आइतबार मानहुँकोटमा बसेको कार्यपालिकाको बैठकले सोमबारदेखि नै लागू हुने गरी जग्गा किनबेच रोक्का गरेको हो ।   पछिल्लो समय पर्यटक उल्लेख्य वृद्धि भएपछि मानहुँकोटमा जग्गा किनबेचको क्रम बढेको र गुरुयोजना निर्माणका लागि दुई महिना जग्गा […]

उपत्यकामा बन्ने ४ स्मार्ट सिटी स्वदेशी लगानीमै बनाउने तयारी, यसरी जुटाइने छ लगानी रकम

काठमाडौं । उपत्यकामा बन्ने स्मार्ट सिटी (नयाँ सहर) नेपाली लगानीमै बन्ने भएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणले उपत्यकामा बन्ने ४ वटा स्मार्ट सिटी आन्तरिक लगानीबाटै बनाउने तयारी गरेको हो ।   उपत्यकामा १० हजार रोपनीका ३ वटा र १ लाख रोपनीको एउटा स्मार्ट सिटी निर्माणका लागि निजी लगानी तथा बैंकको ऋणबाटै बनाउने तयारी गरिएको […]