बैंक

सानिमा बैंकको दशैं अफर : मुद्दतीमा ९.५१ प्रतिशत ब्याज, डिम्याट र मोबाइल बैंकिङ निःशुल्क

काठमाडौं । नेपालीहरुको महान पर्व बडा दशैंको अवसरमा सानिमा बैंकले ग्राहकहरुको लागि विशेष दशैं बम्पर योजना सार्वजनिक गरेको छ ।   असोज १ गतेदेखि लागू हुने सो योजना अन्तर्गत व्यक्तिगत मुद्दती खातामा ९.५१ प्रतिशतसम्म उच्च ब्याजदर मासिक रुपमा प्रदान गरिनेछ । यस्तै, खाता खोल्दा पहिलो वर्षका लागि डेबिटरक्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग मेरो सेयर, […]

बैंकले बढाए ब्याजदर, कुनको कति ?

काठमाडौं । कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । शुक्रबारदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर वृद्धि गरेका हुन् ।   बैंकहरूले निक्षेपमा अधिकतम १० प्रतिशतसम्म ब्याज दिने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरूले सार्वजनिक गरेका तथ्याङ्कानुसार सनराइज बैंकले मुद्दति निक्षेपमा सबैभन्दा बढी १०.७ प्रतिशत ब्याज दिने […]

लक्ष्मी बैंक नयाँ शाखा पोखराको विरौटामा

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा कास्कीको पोखरा महानगरपालिका-१७, विरौटामा संचालनमा ल्याएकोे छ । योसँगै बैंकको शाखा संख्या १३६ वटा पुगेको छ ।   यो शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।   […]

अब अर्को बैंकको एटीएमबाट पैसा झिक्दा २० रुपैयाँभन्दा बढी तिर्न नपर्नेे, मोबाइल बैंकिङको सीमा बढ्यो

काठमाडौं । अब अर्को बैंकको एटीएमबाट पैसा झिक्दा २० रुपैयाँभन्दा बढी तिर्न नपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन जारी गर्दै अन्तर बैंक एटीएम प्रयोगमा २० रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने व्यवस्था गरेको हो ।   यसअघि बैंकहरुले अन्तर बैंक एटीएम प्रयोगबापत प्रति कारोबार […]

सानिमा बैंकका ग्राहकले शून्य प्रतिशत ईएमआइमा सामसुङको फ्ल्यागसिप स्मार्टफोन किन्न सक्ने

काठमाडौं । सानिमा बैंकका ग्राहकले शून्य प्रतिशत ब्याजमा मासिक किस्ता (ईएमआइ)मा सामसुङको फ्ल्यागसिप स्मार्टफोन किन्न सक्ने भएका छन् ।   सानिमा बैंक र नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक विक्रेताहरु आईएमएस नेपाल प्रालि तथा हिम इलेक्ट्रोनिक्स बीच  बैंकका ग्राहकहरुलाई सामसुङको फ्ल्यागसिप स्मार्टफोन शून्य प्रतिशत मासिक किस्तामा ( प्रदान गर्ने सम्झौता भएको छ ।   सम्झौता अनुसार […]

कर्जा विस्तारमा विकास बैंकहरू आक्रमक, एक सातामै गरे ३.१५ अर्ब ऋण लगानी

काठमाडौं । कर्जा विस्तारमा विकास बैंकहरु आक्रमक बनेका छन् । तरलता अभावका बाबजूद विकास बैंकहरुले उल्लेख्य मात्रका ऋण लगानी गरेका हुन् ।   डेभलपमेन्ट बैंकर एशोसिएसन नेपालका अनुसार गत साता (भदौ १९-२५ गते) मात्र विकास बैंकहरुले ३ अर्ब १४ करोड ९९ लाख रुपैयाँ कर्जा लगानी गरेका छन् । यो सोही अवधिमा संकलन गरेको निक्षेपको तुलनामा […]

राष्ट्र बैंकले असोज ४ देखि नयाँ नोट साट्ने, एक व्यक्तिले कति पाउँछन् ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले असोज ४ गतेदेखि दशैंका लागि नयाँ नोट वितरण गर्ने भएको छ ।   राष्ट्र बैंकका अनुसार असोज ४ देखि बालुवाटार कार्यालय र प्रदेश स्थित प्रादेशिक कार्यालयबाट सर्वसाधरणलाई नयाँ नोट वितरण गर्ने भएको हो ।   हरेक वर्ष दशैंमा नयाँ नोट वितरण गर्दै आएको राष्ट्र बैंकले गत वर्ष भने कोरोनाका कारण […]

बैंकहरूको ५७ प्रतिशत ऋण लगानी वाग्मती प्रदेशमा, कर्णालीमा सबैभन्दा कम, कुन प्रदेशमा कति ?

काठमाडौं । ऋण लगानी गर्दा बैंकहरुले कर्णाली प्रदेश सबैभन्दा कम प्राथमिकतामा परेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन (कर्णाली प्रदेश)को तथ्यांकले यस्तो देखाएको हो ।   प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा कर्णालीमा बैंकहरुले कुल ४२ अर्ब ६४ करोड ऋण लगानी गरेका छन् । यो बैंकहरुले गत […]