रियल स्टेट

भूकम्प गएको चार वर्ष पुग्दा पनि पुनः निर्माण शुरु भएन

विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछिका परकम्पनले क्षति पुगेको पोखराको प्रसिद्ध भद्रकाली मन्दिरको पुनःनिर्माण अझै शुरु हुनसकेको छैन ।   भद्रकाली मन्दिर परिसरस्थित गणेश तथा भद्रकाली मन्दिरलाई भूकम्पले क्षतिग्रस्त बनाएको थियो । भूकम्पले मन्दिरका चारै भित्ता चर्केको छ भने वरपरका पाटी तथा सत्तलमा समेत क्षति पुगेको छ ।   आजभन्दा झण्डै २०० […]

काठमाडौंमा जग्गाको मूल्य स्थीर, कारोबार २५ प्रतिशतले घट्यो

काठमाडौं । काठमाडौंमा पछिल्लो समय जग्गाको मूल्यमा स्थिरता आएको सरोकारवालाहरुले बताउँदै आएका छन् । घरजग्गा व्यवसायीहरुका अनुसार विकास निर्माणको काम तिब्र भए पनि जग्गाको कारोबार र मूल्य भने स्थीर रहेको छ ।   ‘जग्गाको मूल्य खासै बढेको छैन’ घर जग्गा तथा आवास संघका विपिन चित्रकारले भने । काठमाडौंको रिङरोड भित्र १ करोड भन्दा माथि र […]

हेटौँडा सिमेण्टको उत्पादन पूर्ण क्षमतामा शुरु

काठमाडाैं। करीब दुई महीनादेखि बन्द रहेको नेपाल सरकारको स्वामित्वमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योग शुक्रबारदेखि पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । उद्योगको सिमेन्ट उत्पादनका लागि क्लिङकर उत्पादन गर्ने मुख्य मेसिन र मोटर जलेका कारण उत्पादन ठप्प भएको थियो ।   उद्योगका महाप्रबन्धक हेमशङ्कर सिंहका अनुसार करीब ३० लाखको लागतमा उद्योगको मेसिन मर्मत एवं निर्माण गरेपछि उद्योग […]

स्मार्ट सिटी निर्माणपछि जग्गाधनीले कति पाउलान जमिन

काठमाडौं । उपत्यकामा बन्ने स्मार्ट सिटीमा जग्गाधनीलाई पूर्वाधार निर्माण पश्चात् कति जमिन फिर्ता दिने भन्ने विषय टुङ्गो नलाग्दा डीपीआर निर्माण प्रभावित भएको छ ।   असारमा तयार हुने भनिएको डीपीआर यही कारण केही ढिला भएको उपत्यका विकास प्राधिकरणका इन्जिनीयर भागवत खोखालीले जानकारी दिए ।   उनका अनुसार पूर्वाधार निर्माण पश्चात् कुल जमिनको ३५ देखि ४० […]

भुकम्प पिडितलाई किस्ता लिने समय सिमा तोकियो, कसले कहिले लिइसक्नु पर्ने

काठमाडौं । राष्ट्रिय पुननिर्माण प्राधिकरणले भुकम्पबाट क्षतिग्रस्त भएका निजी आवास निर्माणको लागि उपलब्ध गराउने रकमको किस्ता वितरणको लागि नयाँ व्यवस्था गरेको छ । प्राधिकरणले निश्चित सिमाभित्र आवास निर्माणका लागि सरकारले उपलब्ध गराउने किस्ता बापतको रकम लिइसक्न सूचना प्रकाशित गरेको हो । प्राधिकरणका अनुसार जेष्ठ मसान्तसम्ममा लाभग्राही सूचीमा समावेश भएकाले असार २१ गतेसम्ममा अनुदान सम्झौता गर्नुपर्ने […]

प्राविधिक खटिनुपूर्व बनाइएका घरलाई एकमुष्ट तीन लाख दिइने

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट क्षति भई प्राविधिक खटिनुपूर्व बनाइएका निजी घरका घरधनीलाई एकमुष्ट तीन लाख उपलब्ध गराउने भएको छ । प्राधिकरणको कार्यकारी समितिको आजको बैठकले प्राविधिक खटिनुपूर्व बनेका घरलाई निजी आवास अनुदान उपलब्ध गराउनेसम्बन्धी कार्यविधि पारित गरेसँगै यस्तो व्यवस्था भएको हो । निर्देशक समितिले यस सम्बन्धमा गरेको निर्णयअनुरुप द्रुत गतिमा अनुदान उपलब्ध गराउन कार्यकारी समितिले […]

घर सम्पन्न प्रमाणपत्र लिन दुई वटा बिरुवा अनिवार्य

तनहुँको व्यास नगरपालिकाभित्र बसोबास गर्ने सर्वसाधारणले नयाँ घर निर्माण गर्दा दुई वटा बिरुवा अनिवार्य रोपण गर्नुपर्ने भएको छ । हरियाली नगर बनाउने उद्देश्यका साथ नगरपालिकाले घर निर्माण सम्पन्न प्रमाणपत्र लिनुअघि न्यूनतम दुई वटा बोटबिरुवा रोपण गर्नुपर्ने नीति ल्याएको हो ।   नगरपालिकालाई हरियाली नगर बनाउने उद्देश्यका साथ बिरुवा रोपण अभियान सञ्चालन गर्न लागिएको उपप्रमुख मीरा […]

उत्पादन क्षमता बढाउदै होङ्सी सिमेन्ट

काठमाडौं । देशकै सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङ्शी शिवमले आफ्नो उत्पादन बढाउने भएको छ । अहिले दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गरिरहेको होङ्शी शिवमले दैनिक १२ हजार टनमा आफ्नो क्षमता वृद्धि गर्ने भएको हो । उद्योगले सञ्चयकोषबाट २ अर्ब रुपैयाँ ऋण लिएर सिमेन्टको क्षमता दोब्बर बनाउन लागेको हो ।   गत भदौ १८ गते […]