काठमाडौं । नेपाल धितोपत्र बोर्डले सूचीकृत संगठित संस्थाको संस्थापक (प्रमोटर) सेयरको लकइन अवधि परिमार्जन गर्ने भएको छ ।
धितोपत्र बोर्डले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै ‘लकइन’ अवधि परिमार्जन गर्ने घोषणा गरेको हो ।
‘सूचीकृत संगठित संस्थाको संस्थापक सेयरको हाल कायम लकइन अवधि सम्बन्धी व्यवस्थामा अध्ययन गरी परिमार्जन गरिनेछ,’ बोर्डको नीति तथा कार्यक्रममा भनिएको छ ।
लकइन अवधि सकिनै बित्तिकै संस्थापक सेयरधनीहरू सेयर बेचेर निस्कने प्रवृत्ति बढेपछि बोर्डले हालको व्यवस्था परिमार्जन गर्न लागेको हो ।
हालको व्यवस्था अनुसार नेप्सेमा सूचीकृत कम्पनीको संस्थापक सेयर कम्तीमा ३ वर्षसम्म बिक्री गर्न नपाइने व्यवस्था छ ।