हिमालय ऊर्जाले १०० प्रतिशत हकप्रदका लागि तोक्यो बुकक्लोज

काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीले हकप्रद सेयर प्रयोजनका लागि बुकक्लोज तोकेको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत हकप्रदका लागि असार २० गते बुकक्लोज तोकेको छ । सो अनुसार असार १९ गतेसम्म कायम रहने सेयरधनीले मात्रै कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउने छन् ।

कम्पनीले गत साता मात्र नेपाल धितोपत्र बोर्डबाट १:१ अनुपातमा हकप्रद निष्काशनको अनुमति पाएको थियो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ९९ करोड रुपैयाँ बराबरको ९९ लाख कित्ता हकप्रद जारी गर्न लागेकाे हाे ।

हाल ९९ करोड चुक्ता पूँजी रहेको कम्पनीको हकप्रद निष्काशनपछि १ अर्ब ९८ करोड रुपैयाँ पुग्ने छ ।

 

नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक सुरू, द्विपक्षीय सहयोगमा छलफल हुने Read Previous

नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक सुरू, द्विपक्षीय सहयोगमा छलफल हुने

बोर्ड अध्यक्षमा २ जनाको मात्रै नाम सिफारिस गर्न नमिल्ने महान्यायाधिवक्ताको राय, दियो दुई विकल्प Read Next

बोर्ड अध्यक्षमा २ जनाको मात्रै नाम सिफारिस गर्न नमिल्ने महान्यायाधिवक्ताको राय, दियो दुई विकल्प