नेप्सेमा सूचीकृत २४ कम्पनीले बुझाएनन् वित्तीय विवरण, नबुझाउनेमा धेरै हाइड्रोपावर (सूचीसहित)

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत २४ वटा कम्पनीले अझै गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासको वित्तीय विवरण नबुझाएको पाइएको छ ।

धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ अनुसार हरेक त्रैमास सकिएको ३० दिन भित्र नेपाल धितोपत्र बोर्डलाई विवरण बुझाउनु पर्ने व्यवस्था छ । तर, आर्थिक वर्ष सकिएको २ महिना बितिसक्दा समेत २४ कम्पनीले विवरण नबुझाएका हुन् ।

बोर्डका अनुसार नेप्सेमा सूचीकृत १२ समूह (म्युचुअल फण्ड बाहेक)का २२७ कम्पनी मध्ये १३९ वटा कम्पनीले मात्रै समयमै चौथो त्रैमासको वित्तीय विवरण बुझाएका हुन् । त्यस्तै, ६४ कम्पनीले तोकिएको समयपछि विवरण बुझाएका छन् भने २४ वटाले अझै नबुझाएको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार १९ वटा वाणिज्य बैंकहरुले मात्रै समयमै विवरण बुझाएका छन् । त्यसैगरी, १२ विकास बैंक, १३ फाइनान्स, ३ होटेल, ४१ हाइड्रोपावर, ३ इन्भेष्टमेन्ट, ६ जीवन बीमा, ७ निर्जीवन बीमा, ३१ लघुवित्त, २ उत्पादन तथा प्रशोधन कम्पनी, १ अन्य र व्यापार समूहको एउटा कम्पनीले मात्रै समयमै विवरण बुझाएको बोर्डले जनाएको छ ।

२४ कम्पनीले हालसम्म पनि विवरण बुझाएका छैनन् । अझै विवरण नबुझाउनेमा ३ विकास बैंक, २ फाइनान्स, ११ हाइड्रोपावर, ६ लघुवित्त, अन्य र व्यापार समूहका १/१ कम्पनी रहको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार अझै विवरण नबुझाउनेमा कर्पोरेट डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, कर्णाली डेभलपमेन्ट बैंक, बेस्ट फाइनान्स, पोखरा फाइनान्स, आरम्भ चौतारी लघुवित्त, बीपीडब्ल्यू लघुवित्त, सीवाइसी नेपाल, धौलागिरि, समाज र श्रृजनशील लघुवित्त रहेका छन् ।

त्यसैगरी, विशाल बजार, नेपाल पुनर्बीमा कम्पनी, दिव्यश्वरी, हिमाल दोलखा, इस्टर्न, जोशी, कुथेली बुखरी, मोदी इनर्जी, माउन्टेन हाइड्रो, पन्चकन्या माइ, रावा इनर्जी, शिव श्री र सुपर माइ हाइड्रोपावरले अझै वित्तीय विवरण नबुझाएको बोर्डले जनाएको छ ।

 

९०० मेगावाटको अरुण तेस्रो जलविद्युतको काम ठप्प, सरकारले दैनिक ८ करोड क्षतिपूर्ति तिर्नुपर्ने Read Previous

९०० मेगावाटको अरुण तेस्रो जलविद्युतको काम ठप्प, सरकारले दैनिक ८ करोड क्षतिपूर्ति तिर्नुपर्ने

शिक्षकको आन्दोलनले सवारी आवगमन अस्तव्यस्त Read Next

शिक्षकको आन्दोलनले सवारी आवगमन अस्तव्यस्त