अब निजी कम्पनी पब्लिकमा रुपान्तरण हुने बित्तिकै आइपीओ जारी गर्न पाउने

काठमाडौं । अब निजी कम्पनी पब्लिक कम्पनीमा रुपान्तरण हुने बित्तिकै प्राथमिक साधरण सेयर (आइपीओ) जारी गर्न पाउने भएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले धितोपत्र दर्ता तथा निष्काशन (सातौं संशोधन) नियमावली २०८० लाई स्वीकृत गर्दै यस्तो व्यवस्था गरेको हो ।

यससंगै अब प्राइभेट लिमिटेड पब्लिक लिमिटेडमा रुपान्तरण हुनेबित्तिकै सर्वसाधरणलाई सेयर निष्काशन गर्न पाउने छन् । यसअघि कुनै पनि प्राइभेट कम्पनी पब्लिक कम्पनीमा रुपान्तरण भएकाे १ वर्ष पूरा भएपछि मात्रै आइपीओ जारी गर्ने प्रक्रिया सुरु गर्न पाउँथे ।

यसैगरी, प्रिमियम मूल्यमा आइपीओ जारी गनेर्का व्यवस्था पनि सहज बनाइएको छ । चुक्ता पूँजी १ अर्ब रुपैयाँ भएका बैंक, वित्तीय संस्था र बीमा कम्पनीहरुले एक वर्षभित्रै प्रिमियम मूल्यमा आइपीओ जारी गर्न पाउने भएका छन् । यसअघि कम्तीमा ३ वर्ष लागतार मुनाफा भएका कम्पनीले मात्र प्रिमियममा आइपीओ जारी गर्न पाउँथे ।

यस्तै, उत्पादनमूलक उद्योगले भने प्रिमियममा आइपीओ जारी गर्न २ वर्ष नाफामा गएको हुनुपर्ने छ ।

टेलिकमको नाफा ६७ करोड घट्यो, जगेडा कोषमा झन्डै ७६ अर्ब Read Previous

टेलिकमको नाफा ६७ करोड घट्यो, जगेडा कोषमा झन्डै ७६ अर्ब

कर्जा लगानी गर्न १०% ब्याजमै ऋण लिने ग्राहक खोज्दै बैंक, साथै आकर्षक स्कीम Read Next

कर्जा लगानी गर्न १०% ब्याजमै ऋण लिने ग्राहक खोज्दै बैंक, साथै आकर्षक स्कीम