काठमाडौं । हिमालयन ऊर्जा विकास कम्पनीको यसअघि प्रस्ताव गरेको हकप्रद सेयर संशोधन भएको छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद सेयर जारी गर्न माग गर्दै विद्युत् नियमन आयोमा निवेदन दिएको थियो । तर, आयोगले १०० प्रतिशत मात्र हकप्रद निष्काशन गर्न अनुमति दिएको कम्पनीले जनाएको छ ।
आयोगको अनुमति अनुसार अब कम्पनीले चुक्ता पूँजीको १०० प्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद निष्काशन गर्नेछ ।
अब धितोपत्र बोर्डबाट अनुमति पाएपछि कम्पनीले हकप्रद सेयर जारी गर्नेछ ।