सांग्रिला डेभलपमेन्ट बैंक र प्राईम लाईफ ईन्स्योरेन्स बीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र प्राईम लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीच जीवन बीमा पोलिसीहरु खरिद गर्ने सम्बन्धी सम्झौता भएको छ ।

 

बैंक र उक्त कम्पनी बिच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सहमती पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र प्राईम लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईले हस्ताक्षर गरेका थिए ।

 

उक्त सम्झौतापत्र अनुसार अव यस बैंकका ग्राहक महानुभावहरुले यस बेंकको मुलुकभर फैलिएको ८५ वटै शाखा कार्यालयहरुबाट सहज रुपमा प्राईम लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्ने छन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएन: बजेट फ्रिज हुने अवस्थामा Read Previous

प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएन: बजेट फ्रिज हुने अवस्थामा

पाँच लाख ३२ हजार कित्ता आईपीओ आउँदै, दुई संस्थाले पाए अनुमति Read Next

पाँच लाख ३२ हजार कित्ता आईपीओ आउँदै, दुई संस्थाले पाए अनुमति