टरिगाउँ विमानस्थलमा हवाई उडान सुरू

तुलसीपुर । आजदेखि दाङको तुलसीपुर-१२ स्थित टरिगाउँ विमानस्थलमा तीन महिनापछि हवाई सेवा सुरु भएको छ ।

अब प्रत्येक सोमबार उडान हुने नेपाल एयरलाइन्सका स्टेसन इञ्चार्ज बलबहादुर सुनारले जानकारी दिए । उनले यात्रुको मागअनुसार उडान थप गर्न पनि सकिने बताए । विमानस्थलमा हवाई सेवा पटक-पटक अवरुद्ध हुँदै आएको छ । यस पटक गत पुस २ गतेदेखि हवाई सेवा अवरुद्ध भएको थियो ।

उक्त विमानस्थलमा नियमित हवाई सेवा नहुँदा यात्रु नेपालगञ्ज वा भैरहवा जानुपर्ने बाध्यता छ । विमानस्थलको धावनमार्ग सानो हुँदा ठूला जहाज बस्न सकेका छैनन् । अहिले १९ सिटे जहाज मात्रै सञ्चालन हुँदा पनि अनियमित हुने हुँदा यात्रु भैरहवा वा नेपालगञ्ज जानुपर्ने अवस्था रहेको छ ।

हाल विमानस्थलको धावनमार्ग ७५० मिटर रहेको छ । उक्त धावनमार्ग विस्तार गर्नुपर्ने आवाज पटक-पटक उठ्ने गरेको छ ।

प्रतिकूल मौसमले हवाई उडान प्रभावित, आधा दर्जन विमान डाइभर्ट Read Previous

प्रतिकूल मौसमले हवाई उडान प्रभावित, आधा दर्जन विमान डाइभर्ट

फेरि आन्दोलनमा उत्रियो नो केबलकार समूह, चैत २५ देखि अनिश्चितकालीन यातायात बन्दको घोषण Read Next

फेरि आन्दोलनमा उत्रियो नो केबलकार समूह, चैत २५ देखि अनिश्चितकालीन यातायात बन्दको घोषण