राष्ट्र बैंकद्धारा ‘डिजिटल फाइनान्स इनोभेसन हब’ स्थापना

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘डिजिटल फाइनान्स इनोभेसन हब’ स्थापना गरेको छ । राष्ट्र बैंकले बैंकिङ तथा भुक्तानी प्रणालीका क्षेत्रमा आधुनिक प्रविधिमा आधारित वित्तीय सेवा विकास गर्ने उद्देश्यले उक्त हब स्थापना गरेको हो ।

राष्ट्र बैंकका अनुसार इनोभेसन हबमार्फत डिजिटल फाइनान्सको क्षेत्रमा कार्य गर्ने वित्तीय नवप्रवर्तकहरूलाई विद्यमान नीतिगत एवं नियामकीय व्यवस्थाबारे जानकारी गराउने, सरोकारवालाबाट प्राप्त हुुने वित्तीय क्षेत्रका नवप्रवर्तनकारी प्रस्ताव र तिनले ल्याउन सक्ने अवसर एवं चुनौतीको विश्लेषण गरिने छ ।

साथै, हबबाट नियामकीय दृष्टिकोण, नन-बाइन्डिङ गाइडेन्स, परामर्श एवं सुझाव प्रदान गर्ने र नियामकसँगको सहज पहुँच विस्तार गरी नवप्रवर्तनलाई थप उत्प्रेरित गर्ने उद्देश्य राखिएको राष्ट्र बैंकले जनाएको छ ।

हबमा अन्य नियामक तथा सरोकारवाला निकाय र निजी क्षेत्रको समेत सहभागिता हुन सक्ने व्यवस्था गरिएको छ ।

कुलमानद्धारा सर्वोच्चमा रिट दर्ता, आगामी शुक्रबार सुनुवाइ हुने  Read Previous

कुलमानद्धारा सर्वोच्चमा रिट दर्ता, आगामी शुक्रबार सुनुवाइ हुने 

हवाई टिकटमा लगाइएको कर हटाउन माग Read Next

हवाई टिकटमा लगाइएको कर हटाउन माग