नबिल बैंकको कायममुकायम सीईओमा मनोज ज्ञवाली

काठमाडौं । नबिल बैंकको कायममुकायम प्रमुख कार्यकरी अधिकृत (सीईओ)को जिम्मेवारी मनोज ज्ञवालीलाई दिइएको छ ।

मंगलबार बसेको बैंक सञ्चालक समिति बैठकले अर्को व्यवस्था नहुँदासम्मका लागि नित्ति सीईओको जिम्मेवारी ज्ञवालीलाई दिने निर्णय गरको हो ।

बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले राजीनामा दिएपछि बैंकको सीईओ पद रिक्त छ ।

ज्ञवाली कायममुकायम हुनुपूर्व नबिलको वरिष्ठ प्रमुख कार्यकारी अधिकृत थिए । उनी २०७७ सालमा राष्ट्रिय स्तरको ज्योति विकास बैंकको सीईओबाट राजीनामा दिएर नबिल बैंकमा महाप्रबन्धकको रुपमा आएका थिए ।

ज्ञवालीसँग बैंकिङ क्षेत्रमा साढे दुई दशक काम गरेको अनुभव छ । उनले नियमनकारी निकाय नेपाल राष्ट्र बैंक हुँदै ग्लोबल आइएमई बैंक, ग्लोबल आइएमई क्यापिटल र ज्योति विकास बैंकमा काम गरेका थिए ।

भौतिक र सहरी मन्त्रालयको बजेट सिलिङ घट्यो, अरुको बढ्यो, कुनको कति ? Read Previous

भौतिक र सहरी मन्त्रालयको बजेट सिलिङ घट्यो, अरुको बढ्यो, कुनको कति ?

ओलाङचुङगोलामा सुक्खा बन्दरगाह निर्माणको प्रयास, इन्टरमोडलले पठायो पत्र Read Next

ओलाङचुङगोलामा सुक्खा बन्दरगाह निर्माणको प्रयास, इन्टरमोडलले पठायो पत्र