एभरेष्ट बैंकद्धारा देशव्यापी साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । एभरेष्ट बैंकले ग्लोबल मनि विकको उपलक्ष्यमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको छ ।

उक्त कार्यक्रम अन्तर्गत बैंकले ७ वटै प्रदेशका विभिन्न शाखा मार्फत विभिन्न स्कुल/क्याम्पसहरूमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको हो ।

उक्त कार्यक्तममा करिब ३ हजारभन्दा बढी विद्यार्थीहरू सहभागी भएका थिए ।उक्त कार्यक्रममा केही विद्यार्थीहरुलाई बैंकको शाखा समेत अवलोकन गराई बैंकले दिने सेवा सम्बन्धी जानकारी समेत गराइएको थियो ।

‘Think before you follow, wise money tomorrow’ भन्ने नाराका साथ सम्पन्न गरिएको विभिन कार्यक्रममा युवाहरूमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, वित्तीय सचेतना, सुरक्षित डिजिटल कारोबार, बैंकहरूले दिने सेवा र यसमा अपनाउनु पर्ने सावधानीका विषयहरूमा सचेतना कार्यक्रम आयोजना गरिएको थियो ।

पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदारमा स्थापित रहेको एभरेष्ट हालसम्म करिब १४ लाख भन्दा बढी ग्राहक संख्या रहेका छन् ।

बैंकका देशैभरी १३१ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६७ एटीएम छन् । विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट सेवा दिँदै आइरहेको छ ।

एभरेष्टले भारतको नयाँ दिल्ली लगायत अन्य मुलुकमा पनि आफ्नो प्रतिनिधि कार्यालय स्थापना गरी सेवा प्रदान गर्दै आइरहेको छ।

माईखोला हाइड्रोपावरले पायो हकप्रद बिक्री गर्न अनुमति Read Previous

माईखोला हाइड्रोपावरले पायो हकप्रद बिक्री गर्न अनुमति

बागमतीमा सवारीसाधनको डिजिटाइजेसनको अध्ययन गर्न कोशीको टोली हेटौंडामा Read Next

बागमतीमा सवारीसाधनको डिजिटाइजेसनको अध्ययन गर्न कोशीको टोली हेटौंडामा