बोर्ड अध्यक्ष श्रेष्ठले सम्हाले कार्यभार, यस्तो गरे पहिलो निर्णय

काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदभार ग्रहण गरेका छन् ।

सोमबार बोर्ड अध्यक्षमा नियुक्त भएका श्रेष्ठले आजदेखि पदभार ग्रहण गरेका हुन् । उनलाई खुमलटारस्थित बोर्डको कार्यालयमा कर्मचारीहरुले स्वागत गरेका थिए ।

उनले मंगलबार अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष पद तथा गोपनियताको सपथ लिएका थिए ।

आज पदभार ग्रहण गरेका श्रेष्ठले आफ्नो पहिलो निर्णयका रुपमा एभरेष्ट बैंकको बोनस सेयर दर्ता गर्ने फाइलमा हस्ताक्षर गरेका छन्।

उनले रोकिएर बसेका कामहरु अब अगाडि बढाउने बताए । साथै, आफ्नो कार्याकालमा बोर्डको कार्यालय आफ्नै भवनमा सार्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

ऊर्जा मन्त्रालयका ८ राष्ट्रिय गौरवका आयोजना : केही सुरू हुनै सकेन, कुनै २० वर्षमा पनि पूरा भएन  Read Previous

ऊर्जा मन्त्रालयका ८ राष्ट्रिय गौरवका आयोजना : केही सुरू हुनै सकेन, कुनै २० वर्षमा पनि पूरा भएन 

रेन्बो ट्राउट माछा बेचेर वार्षिक ३ करोड आम्दानी Read Next

रेन्बो ट्राउट माछा बेचेर वार्षिक ३ करोड आम्दानी