धितोपत्र बोर्ड अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त

काठमाडौं । विगत ११ महिनादेखि रिक्त नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोष नारायण श्रेष्ठ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको संयोजकत्वमा गठित अध्यक्ष सिफारिस समितिले आइतबार श्रेष्ठसहित मुक्ति श्रेष्ठ र नवराज अधिकारीको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । अरु दुई प्रतिस्पर्धीलाई पन्छाउँदै श्रेष्ठले बोर्ड अध्यक्षमा बाजी मारेका हुन् ।

उनी ४ वर्षका लागि बोर्ड अध्यक्ष नियुक्त भएका हुन् । तत्कालीन अध्यक्ष रमेशकुमार हमालको कार्याकाल सकिएपछि २०८० पुस २१ यता अध्यक्ष पद रिक्त थियो ।

राजनीतिक खिचातानीकै कारण लामो समयसम्म सरकारले अध्यक्ष नियुक्त गर्न सकेको थिएन ।

पूर्वमन्त्री लीलाबल्लभलाई उन्मुक्ति, मुद्दा नचलाउने निर्णय Read Previous

पूर्वमन्त्री लीलाबल्लभलाई उन्मुक्ति, मुद्दा नचलाउने निर्णय

स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Next

स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन